मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

बुद्ध शिक्षा विज्ञानले समेत आत्मसात् गरेको छ : गृहमन्त्री श्रेष्ठ

बुद्ध शिक्षा विज्ञानले समेत आत्मसात् गरेको छ : गृहमन्त्री श्रेष्ठ

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसात् गरेको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि सुरू भएको तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको उद्घाटनका अवसरमा उनले ध्यान दिवस विश्वभर मनाउनुपर्ने बताएका हुन् ।
उनले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमणपछि काठमाडौँमा भएको भेटमा बुद्धको शिक्षाको मुख्य भागका रुपमा रहेको ध्यान विधिलाई योग दिवसजस्तै अन्तर्राष्ट्रिय रुपमा मनाउनका लागि सहयोग गर्न अनुरोध गरेको उल्लेख गरे । “बुद्धको मुख्य शिक्षाका रुपमा रहेको विधिलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन संयुक्त राष्ट्र सङ्घमा प्रस्ताव गर्ने पक्षमा छु”, उनले भने ।
गृहमन्त्री श्रेष्ठले बुद्धले शान्ति र मानवताको जीवनलाई अगाडि बढाउनका लागि ‘आफैँलाई हेर र फेर’ भन्ने शिक्षा दिएकाले त्यसलाई आत्मसात् गर्नुपर्ने बताए । “बुद्धले आफ्नो बाटो आफैँले हिँड्नुपर्छ भनेर भन्नुभएको छ, त्यसैले आधुनिक विज्ञानले पनि बुद्धको शिक्षालाई आत्मसात् गरेको छ”, उनले भने, “विनयपिटक, सुत्तपिटक र अभिधम्म पिटकले अनुशासन, नियम र बुद्धका शिक्षाको सन्देशलाई बुझाउने भएकाले यसलाई सबैले बुझ्ने गरी नेपालीमा समेत प्रकाशन गर्न आवश्यक छ ।”
गृहमन्त्री श्रेष्ठले त्रिपिटक गौतमबुद्धको शिक्षाको भण्डार भएको बताउँदै तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठले बुद्धको शिक्षालाई फैलाउन निकै महत्वपूर्ण योगदान गर्ने बताए । उनले त्रिपिटक प्रकाशनका लागि सरकारका तर्फबाट समेत आफूले सहयोग गर्ने बताए ।
अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरू गरिएको हो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बुद्धको दर्शन र विचारलाई विश्वले अङ्गिकार गरेकाले त्यसलाई फैलाउनका लागि त्रिपिटक जस्तो कार्यक्रमले ठूलो सहयोग गर्ने बताउनुभयो । उहाँले त्रिपिटकमा बुद्धका ज्ञान र शिक्षाको सङ्ग्रह भएकाले यस्ता कार्यक्रम प्रत्येक जिल्ला र प्रदेशमा गर्नुपर्ने बताए । उपाध्यक्ष डा लामाले बुद्ध दर्शन नेपालको संस्कृति र परम्परा भए पनि विश्वले अङ्गिकार गरेकाले यसको विकासमा लाग्नुपर्नेमा जोड दिए ।
चोकी निमा रिन्पोछेले बुद्ध दर्शन तर्कमा आधारित रहेकाले वैज्ञानिक रहेको बताए । अखिल नेपाल भिक्षु महासङ्घका सङ्घनायक÷संरक्षक भिक्षु बोधिसेन महास्थविर, सङ्घका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविर, सचिव निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा सुर्वणलाल बज्रचार्य, नेपालका लागि श्रीलङ्काका राजदूत, लुम्बिनी विकास कोषका पदाधिकारी, बोर्ड सदस्य, स्थानीय सरकारका प्रतिनिधिको सहभागिता रहेको थियो ।
त्रिपिटक पाठमा भारतका बैद्ध तीर्थस्थल बोदगया, सारनाथ, कुशीनगर, राजगृह, श्रावस्तीका भिक्षु भिक्षुणी देशका विभिन्न जिल्लाबाट उपासक उपासिकाहरुको उपस्थिति छ । अन्तर्राष्ट्रियस्तरमै बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धन गर्नका लागि बुद्ध जन्मस्थलमा तेस्रो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ गरिएको हो ।
गौतमबुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको सङ्ग्रहित ग्रन्थ त्रिपिटक हो । अपि धम्म शूत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी इशापूर्वमा लेखिएको विनय पिटक गरी तीन ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो ।
हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भएप नि धार्मिक प्रभावअनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ ।