मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ : उपप्रधानमन्त्री खड्का

गठबन्धन तलमाथि हुँदैन, पाँच वर्ष नै चल्छ : उपप्रधानमन्त्री खड्का

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बाहिर गठबन्धन तलमाथि हुने हो कि भन्ने आशंका पैदा भएको भन्दै गठबन्धन पाँच वर्ष नै निरन्तर चल्ने दाबी गरे । उनले जनतालाई धोका दिन र कुर्सी तानातानका लागि गठबन्धन नबनेको जिकिर गरे। आफूले कर्णालीलाई केन्द्रमा पुर्‍याउने कुरा नबिर्सिएको उनले बताए ।

उनले भने, ‘बाहिर एउटा हल्ला चलेको छ, भन्दाभन्दै गठबन्धन तलमाथि भएर उहाँ कहाँ पुग्नुहुने हो कि भन्ने चिसो परेको छ भने त्यो चिसोबाट मुक्त हुनुहोला। यो गठबन्धन ५ वर्ष चल्छ। यो जनतालाई धोका दिनका लागि, कुर्सी तानातानका लागि गठबन्धन बनेको होइन।’

उनले भने, ‘यो गठबन्धन मूलभूत उद्देश्यसहित सडकदेखि सुरु हुँदै, जनताको बीचमा मत माग्दा मुलुकलाई यसरी अघि बढाउँछौँ भनेर हालका वर्तमान प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र म स्वयं निर्वाचनको बेलामा गएर मत दिनुस्, गठबन्धनलाई बहुमत दिनुस्, नेतृत्व गर्न चाहन्छौँ भनेको हो। कर्णालीलाई केन्द्रमा पुर्‍याउने कुरा बिर्सिएका छैनौँ।’