मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधार : सभापति देउवा

महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधार : सभापति देउवा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधार भएको बताएका छन् ।

नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठकको आज समापन गर्दै उनले सहभागीबाट महत्त्वपूर्ण सुझाव प्राप्त भएको भन्दै प्राप्त सुझावलाई केन्द्रीय कार्यसमितिले परिमार्जन गरे पारित गर्ने बताए ।

“प्राप्त सुझावलाई समेटेर केन्द्रीय समितिले पूर्णता दिनेछ । यसैको आधारमा आगामी केन्द्रीय समितिले प्रतिवेदन प्रकाशित गर्नेछ”, सभापति देउवाले भने, “महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधार बनेको छ । विगतमा आन्दोलन र अभियानको नेतृत्व गर्यौँ, अब विकास र समृद्धिका लागि नीतिगत नेतृत्व कांग्रेसले गर्छ ।” उनले काँग्रेस सदैव नेपाली राजनीतिको मियोकारुपमा रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अगाडि बढ्ने बताए ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा पार्टी र सरकार सञ्चालनका सन्दर्भमा महत्त्वपूर्ण सुझाव प्राप्त भएको बताए । “कांग्रेस जहिले पनि मुलुकको मध्यमार्गी पार्टीको रुपमा स्थापित हुँदै आएको छ । यो धारलाई दायाँबायाँ हुन दिँदैनौँ”, उनले भने ।

उपसभापति खड्काले संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्ने बताए । उनले महासमिति बैठकले एकताको सन्देश दिएको उल्लेख गर्दै राष्ट्रिय हितका पक्षमा पार्टी सधैँ क्रियाशील रहेको बताए । उनले संविधान कार्यान्वयनको क्रममा भएको कमजोरीलाई सुधार र परिमार्जन गर्दै समृद्धितर्फ देशलाई लैजाने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उल्लेख गरे ।

कांग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीको सङ्गठन निर्माणमा लाग्नुपर्ने बताए । “कांग्रेस सिद्धान्तमा स्पष्ट र विचारमा प्रष्ट भएर अगाडि बढ्नुपर्छ”, उनले भने ।

उपसभापति गुरूङले गरिबीको रेखामुनि रहेका सबै नेपालीलाई नाना, खाना र छानाको व्यवस्था गर्ने गरी कांग्रेस आगामी दिनमा लाग्नुपर्ने उल्लेख गरे । लाभका पदमा पुगेका सबैको सम्पत्ति छानविन गर्ने कुरा व्यवहारमा उतारिनुपर्ने उनको भनाइ थियो । जनताको भावनालाई छुने गरी पार्टीले मार्गचित्र तय गर्नुपर्ने उपसभापति गुरूङले बताए ।