मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेसलाई बलियो बनाउने अठोट बोकेर जनतामाझ जाऔँ : महामन्त्री थापा

कांग्रेसलाई बलियो बनाउने अठोट बोकेर जनतामाझ जाऔँ : महामन्त्री थापा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बलियो र सबल बनाउने अठोट बोकेर जनतामाझ जानुपर्ने बताएका छन् ।

कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठकको समापनका अवसरमा उनले महासमिति बैठकपछि पार्टीलाई बलियो र सबल बनाउने गरी जनतामाझ जानुपर्ने बताए ।

महामन्त्री थापाले हामी अभिभावक र सेवक भएकाले राम्रो काम गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । विसं २०४६ देखि हालसम्म नेतृत्वमा रहेका सबैको सम्पत्ति छानबिन गर्ने अठोट कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री थापाले भने, “काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिनुपर्छ । भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई कांग्रेसले वरपर राख्न हुँदैन ।” उनले पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

“कांग्रेसले चार वर्षमा १२ लाख नयाँ सदस्यता थपेर आगामी निर्वाचनमा देशकै सबैभन्दा धेरै मत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ”, महामन्त्री थापाले भने । बदलिँदो कांग्रेस र बलियो कांग्रेसको आडमा आगामी १५ वर्षमा देश निर्माणको सपना पूरा गर्ने उनको भनाइ थियो ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकले देशमा सुशासन र समुन्नतिलाई अगाडि बढाउन कांग्रेस एक ढिक्का भएको सन्देश दिएको बताए । “महासमिति बैठकमा देशको पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्मका समस्यालाई देख्ने र सुन्ने मौका पायौँ । यसको समाधानका लागि कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ”, उनले भने ।

महामन्त्री शर्माले मुलुकलाई नेतृत्व गर्ने पार्टी कांग्रेस भएको उल्लेख गर्दै आगामी दिनमा पार्टीबाट उठाउने उम्मेद्वार भूगोलबाट छान्ने प्रवृत्तिलाई अगाडि बढाउनुपर्ने बताए । महासमिति बैठकबाट पारित कुरालाई पार्टीले अक्षरश पालना गर्नुपर्नेमा उनले जोड दिए ।