मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
नेपाल   
मुख्य समाचार   

कांग्रेस महासमिति वैठकमा एनआरएन नागरिकता रद्द गरी दोहोरो नागरिकता दिन प्रस्ताव

कांग्रेस महासमिति वैठकमा एनआरएन नागरिकता रद्द गरी दोहोरो नागरिकता दिन प्रस्ताव


काठमाडौ- नेपाली कांग्रेश महासमिति वैठकमा गैर आवासिय नेपाली (एनआरएन) नागरिकताको औचित्य नभएको हुदां यसलाई रद्द गरी नेपाली नागरिकताको निरन्तरता हुने गरी दोहोरो नागरिकता दिन प्रस्ताव गरिएको छ ।

महासमिति वैठकमा सहभागी हरिबोल भण्डारीले उक्त प्रस्ताव राखेका हुन् । बैठकमा आफ्नो धारणा राख्ने क्रममा भण्डारीले भने , विभिन्न वाध्यता र परिस्थितिका कारण विदेशमा रहेका नेपालीलाई हामीले देशको समृद्धिसंग जोड्नु पर्ने आवश्यकता छ । त्यसका लागि अहिले जारी भएको नागरिकताले यथोचित सम्वोधन गरेको देखिन्न ।

दोहोरो नागरिकता विदेशमा वस्ने नेपालीको मुख्य चासोको विषय हो । कांग्रेस पार्टी र सरकारका मन्त्रीसमेत सहभागी रहेको वैठकमा भण्डारीले उक्त प्रस्ताव राखेका हुन् । भण्डारी काठमाडौवाट प्रतिनिधित्व गर्ने महासमिति सदश्य हुन् । उनी एनआरएनएका पुर्व सल्लाहकार पनि हुन् ।

संविधान अनुसार नेपालले केही महिना अघि देखि एनआरएन नागरिकता दिदंै आएको छ । विदेशी नागरिकता लिने नेपालीलाई यो नागरिकता दिन थालिएको हो । तर, यो नागरिकता लिनेले नेपाल जांदा विदेशी सरह भिषा र शुल्क तिर्नु पर्छ । यो नागरिकता लिनेले सम्पुर्ण आर्थिक अधिकार पाउने उल्लेख भएपनि आफ्नो नाममा जग्गा किन्न समेत सकेका छैनन ।

वाध्यता र परिस्थितिले बाहिरिएका हाम्रा नेपाली दाजुभाई दिदी बहिनीहरुले पाउने नागरिकतामा मातृभूमि फर्किदा पुन भिसा लिनुपर्ने भएकाले प्रवासमा रहेका नेपालीहरु वेखुसी रहेको जानकारी गराउछु, उनले भने ।

विदेशमा वस्ने नेपालीको मुख्य माग नै नागरिकताको निरन्तरता हो । दोहोरो नागरिकता दिदां नेपाललाई कुनै वेफाइदा छैन । दोहोरो नागरिकताको व्यवस्था नहुदां विदेशमा वस्ने नेपालीले विभिन्न समस्या भोग्दै आएका छन् । एनआरएन नागरिकता लिने प्रकृया पनि झन्झिटिलो छ । त्यसैले तुलनात्मक रुपमा एनआरएन नागरिकता लिनेको संख्या कम छ ।

भण्डारीले कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समितिका वारेमा पनि महासमिति वैठकमा ध्यानाकर्षण गराएका छन् । जनसम्पर्क समितिको अधिवेशन समयमै नहुदां हाम्रा थुप्रै साथीहरु विभाजित मानसिकतामा हुनुहुन्छ भण्डारीले भने यसको सम्वोधन पनि पार्टीले समयमै गरोस् भन्ने आग्रह गर्न चाहान्छु ।

कयौं देशमा गठन भएको जनसम्पर्क समितिमा विवाद नै विवाद छ । अमेरिकामा जनसम्पर्क समितिको अधिवेशन नभएको १० वर्ष पुग्न लागेको छ । लामो समय अधिवेशन नगरी आफुलाई अध्यक्ष दावी गरिरहने कार्यसमिति प्रति अमेरिकामा व्यापक आक्रोश छ । यसले गर्दा अमेरिकामा कांग्रेस खुम्चिदैं गएको छ । यसले गर्दा अमेरिकामा कांग्रेस समर्थक वढ्ने भन्दा घट्दै गएका छन् । नंया पार्टी प्रति आकर्षण वढीरहेको छ ।

भण्डारीले नेपाली कांग्रेसमा अव युवाको नेतृत्व हुनुपर्नेमा माग राखेका छन् । अब व्यवस्था परिवर्तनपछिको अवस्था परिवर्तनका लागि चांदीको धेरा भनेकै युवा नेतृत्व हो । यसलाई स्विकार गर्दै तपाई हामी अव नया. अभियानमा होमिनुपर्ने बेला आएको छ उनले भने ।

अहिलेको देश भित्र र वाहिर नेपाली माझ देखिएको नयां पार्टी प्रतिको आकर्षणलाई लक्षिण गर्दै भण्डारीले उक्त धारणा राखेका हुन् । उनले महामन्त्रीहरुले वैठकमा पेश गरेको प्रतिवेदन बढ्ता रक्षात्मक भएको पनि टिप्पणी गरेका छन् ।