मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

आर्थिक समृद्धिका लागि दलीय सहकार्य जरूरी छ : अध्यक्ष ओली

आर्थिक समृद्धिका लागि दलीय सहकार्य जरूरी छ : अध्यक्ष ओली


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न राजनीतिक दलहरुबीच सहकार्य जरुरी भएको बताएका छन्।

विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलनका सन्दर्भमा नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘समाजवादको भावी दिशा’ विषयमा आज यहाँ आयोजना गरेको छलफलमा उनले आफूहरू कुनै दर्शन र विचारधारा आधारित भन्दा पनि मुलुकको राष्ट्रिय हित र नेपाली जनताका पक्षमा काम गर्न दलीय सहकार्य आवश्यक भएको बताए।

Advertisement

अध्यक्ष ओलीले पारस्परिक हित, लाभ र सामाजिक न्यायसहितको परराष्ट्र नीतिप्रति आफ्नो पार्टीको दृढ समर्थन रहेको बताए। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव सुरेन्द्र कार्कीले समाजवादी आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन यसका पक्षधर एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। उनले देशको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।

नेपाली काँग्रेसका नेता मीनेन्द्र रिजालले देशको अर्थतन्त्रलाई गतिशील बनाउन पुँजीगत खर्च बढाउनुपर्ने सुझाव दिए। विश्व समाजवादी आन्दोलनका अगुवा अलेइडा ग्वेभाराले समुन्नत राष्ट्र निर्माणका लागि जनतालाई शिक्षित बनाउनुपर्नेमा जोड दिए।

शेयर गर्नुहोस:

54
Shares