मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
मुख्य समाचार   

‘दयारानी’ शुक्रबारदेखि नेपालमा मात्र नभई अमेरिकामा पनि एकसाथ सार्वजनिक प्रदर्शनी

‘दयारानी’ शुक्रबारदेखि नेपालमा मात्र नभई अमेरिकामा पनि एकसाथ सार्वजनिक प्रदर्शनी

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंँ ।  शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा रएको फिल्म शो  ‘दयारानी’ देशभरबाट ११३ शो पाएको छ । दयाहाङ राई र दीया पुनको मुख्य भूमिका रहेको फिल्म देशभरबाट ११३ शो पाएको छ ।

फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६ शो उपलब्ध गराएको छ । यस्तै बिग मुभिजले ६ शो दिएको छ, भने वान सिनेमाजले ९ शो दिँदा एफक्युब सिनेमाजले ४, आइएनआइले १२ शो दिएका छन् ।

फिल्म नेपालमा मात्र नभई अमेरिका, अष्ट्रेलियामा पनि एकसाथ रिलिज भएको छ । फिल्मको ओभरसिज वितरण खरिदसेभेन सिज इन्टरटेनमेन्टले लिएको हो । फिल्मको अमेरिकाका २३ थिएटरमा सिनेमाको १ सय ९७ शो पक्का भएका छन् । सिनेमा शुक्रबारबाट टेक्सस राज्यका विभिन्न सहर लगाएत यूलेस,  ड्यालस, न्युयोर्क, ओहायो, क्यालिफोर्निया, सिकागो लगायत अमेरिकाका प्रमुख सहरमा हेर्न पाइने प्रतिक सुबेदीले हिमालयखबर संगको कुराकानीमा बताए । त्यसैगरी अष्ट्रेलियामा आगामी हप्ताका लागि १ सय ८० वटा शो निश्चित भएको छ ।

सेभेन सीज इन्टरटेनमेन्टका अनुसार ‘दयारानी’ मध्यपूर्वमा फेब्रुअरी १५ मा रिलिज हुनेछ भने बेलायतसहितका युरोपेली मुलुकहरुमा फेब्रुअरी १६ बाट रिलिज हुनेछ। बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई कलाकार माहोत्से गुरुङले निर्देशन गरेका हुन् । गुरुङको यो निर्देशनमा डेब्यु फिल्म हो ।

फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायत कलाकारको अभिनय छ । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।