मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पूर्वमन्त्री तथा कांग्रेस केन्दीय सदस्य बुढाथोकीको निधन

पूर्वमन्त्री तथा कांग्रेस केन्दीय सदस्य बुढाथोकीको निधन

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्व सामान्य प्रशासन मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन भएको छ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको हाे। उनी एक हप्ता अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए।

बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन्। दुवै छोरा र एक छोरी अष्ट्रेलियामा छन्। उनको पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ । बुढाथाेकीकाे निधनप्रति सभामुख देवराज घिमिरेले दु:ख व्यक्त गरेका छन्।

‘पूर्वमन्त्री, संविधानसभा सदस्य/पूर्वसांसद, नेपालको लोकतान्त्रिक आन्दोलनका अग्लो राजनीतिज्ञ, झापाली राजनीतिको स्थापित तथा लोकप्रिय नेता, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, मेरो मित्र केशवकुमार बुढाथोकीको गएराति विराटनगरमा भएको निधनले मर्माहत बनाएको छ । दुखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ सभामुखले भनेका छन्।