मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

जनताको आत्मसम्मानमा चोट पुग्ने काम गर्नु हुँदैन : उपप्रधानमन्त्री खड्का

जनताको आत्मसम्मानमा चोट पुग्ने काम गर्नु हुँदैन : उपप्रधानमन्त्री खड्का

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेका तथा राज्य सञ्चालनमा रहेका पदाधिकारी तथा सम्बद्ध सबैले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

नेपालको संविधानले नै राज्यशत्तिको मूल श्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको भन्दै जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने उपप्रधानमन्त्री खड्काको भनाइ छ ।

रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री खड्काले सोमबार नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षण भ्रमण पछि सम्बोधन गर्दै राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा जनताको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि काम गर्नै नहुनेमा जोड दिएका छन् ।

राजनीतिकर्मी, निजामती कर्मचारी, सेना, प्रहरी लगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे आम नागरिकले पनि अपनत्वको भाव देखाउने भन्दै उपप्रधानमन्त्री खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिकभन्दा ठूलो अरू कोही पनि नभएकोले हरेक क्षेत्रमा काम गर्नेहरूको काम, कर्तव्य र अधिकार फरक-फरक भए पनि आमनागरिकको सम्मान, उन्नति र प्रगति सबैको साझा लक्ष्य हुनुपर्ने कुरा प्रष्ट पारेका छन् ।

यस्तै, उपप्रधानमन्त्री खड्काले सैनिक सेवामा प्रवेश गरी प्रशिक्षणमा रहेका अधिकृतहरूलाई सदैव सकारात्मक सोचाइ, सिक्ने अभिरुचि, दृढ इच्छाशक्ति तथा निरन्तर लगावका साथ राष्ट्र सेवामा लाग्न सुझाव दिएका छन्।