मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

गठबन्धन दसौँ वर्षसम्म टुट्दैन : नेता सिटौला

गठबन्धन दसौँ वर्षसम्म टुट्दैन : नेता सिटौला

हिमालय खबर

शेयर गर्नुहोस:

162
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुङ्गा । नेपालीका कांग्रेसका नेता तथा राष्ट्रियसभामा कोशी प्रदेशका उम्मेदवार कृष्णप्रसाद सिटौलाले गठबन्धन अझै केही चुनावसम्म नटुट्ने बताएका छन् । मत माग्न ओखलढुङ्गा आएका नेता सिटौलाले गठबन्धनको भविष्यबारे कतिपयले प्रश्न गरिरहेको भन्दै अझै अर्को चुनावमा पनि गठबन्धन कायम रहने बताएका हुन् ।

गठबन्धन पार्टी र नेताका लागि भन्दा पनि जनताका लागि बनेको उनको भनाइ छ । संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको उनको तर्क थियो ।

‘यो गठबन्धन जनताका लागि बनेको हो, आफ्नो लागि होइन । संविधानविपरीत भएका गतिविधिलाई निस्तेज गर्न बनेको हो गठबन्धन । प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ मा भएको आन्दोलन, २०४६ सालको आन्दोलन र २०६२/६३ को जनआन्दोलनको जगमा निर्माण भएको संविधानलाई खतरामा पार्ने गतिविधि देखिएकाले त्यस्ता प्रयासलाई असफल बनाउन हामी एकताबद्ध भएका हौँ’, उनले भने, ‘यो गठबन्धनको भविष्य छैन, आलोपालोमा कुरा मिल्दैन भनेर टिप्पणी गर्नेलाई म यहीँबाट जवाफ दिन चाहन्छु । हाम्रो सहयात्रा यो पाँच वर्ष होइन दशौँ वर्ष कायम रहन्छ । अबका केही चुनावमा निरन्तर गठबन्धन हुन्छ ।’

राष्ट्रियसभा निर्वाचनमा कतिपय मत बदर हुने गरेकाले त्यो अवस्था सुधार गर्न नेता सिटौलाले अपिल गरे । कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले संविधानको सफल कार्यान्वयनमा सबै दल मिलेर लाग्नुपर्नेमा जोड दिए । संविधान बनेर पनि सफल रुपले कार्यान्वयनको चरणमा नजाँदा सङ्घीयतामाथि नै प्रश्न उठ्न थालेकाले यसतर्फ सबै दल सचेत हुनुपर्ने उनको भनाइ छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संविधान बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेता सिटौलालाई नेतृत्व तहमा पुर्याउनुपर्ने बताए ।

कोशी प्रदेशका जिल्लामा मत माग्ने क्रममा कांग्रेस नेता तथा उम्मेदवार सिटौला र गठबन्धनकै उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्की ओखलढुङ्गा आएका हुन् ।

उम्मेदवारले गठबन्धनबाट जितेका नगरपालिका प्रमुख, उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसँग भेट गरेका छन् । जिल्ला तथा प्रदेशका गठबन्धनबाट चुनाव जितेका जनप्रतिनिधिले गठबन्धनको मत अन्यन्त्र नजाने वाचा गरेका छन् ।