मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

समाजमा अनुशासनको कमी भइरहेको छ : अध्यक्ष ओली

समाजमा अनुशासनको कमी भइरहेको छ : अध्यक्ष ओली

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा अनुशासनको कमी भइरहेको बताएका छन् ।

नेपाल खेलकुद महासंघको दोस्रो बैठकलाई बिहीबार ललितपुर, च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले खेलाडी सबैभन्दा अनुशासनमा बस्ने भएकोले खेलजस्तो अनुशासन अरु क्षेत्र नभएको बताए ।

“अहिले खेलाडीबाहेक अरुमा अनुशासन कम देखिन्छ । खेलमा जस्तो अरु क्षेत्रमा पनि अनुशासन चाहिन्छ । त्यो अनुशासनलाई हामीले सामाजिक मान्यताको रुपमा अगाडि बढाएर लैजानु पर्दछ,” उनले भने । उनले सबैले अनुशासित भएर जीवन बिताउनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले देश अप्ठयारो स्थितिमा रहेको भन्दै सबै क्षेत्रबाट देशलाई अप्ठ्यारो स्थितिबाट जोगाउनुपर्ने बताए । देशलाई बर्बाद हुनबाट जोगाउनका लागि पार्टी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने भनाइ उनले राखे ।

“नेपाल देश छ र हामी छौँ । नेपाल जोगाउन परिआउँदा हरेक मूल्यमा हामी अगाडि बढ्नुपर्दछ,” उनले भने । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले संगठन सुदृढीकरणका लागि खेलकुद महासंघ लाग्नुपर्ने बताए । महासंघका अध्यक्ष परशुराम बस्नेतले खेलकुदसँगै युवालाई पार्टीमा आकर्षण गराउने बताए ।