मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
नेपाल   

जमिन किन्न एनआरएन नागरिकता देखाउँदा मालपोत कार्यालयले मानेन

जमिन किन्न एनआरएन नागरिकता देखाउँदा मालपोत कार्यालयले मानेन


तस्बिर: सामाजिक संजाल

चितवन । विदेशी नागरिकता भएका नेपालीलाई दिइएको गैरआवासीय नेपाली नागरिकता (एनआरएन नागरिकता) मार्फत जमिन किन्न खोज्दा चितवनको मालपोत कार्यालयले अस्वीकार गरेको छ ।

अस्ट्रेलियामा बसोवास गर्दै आएका एक नेपालीले एनआरएन नागरिकताका आधारमा आफ्नो नाममा जमिन किन्न खोजेका थिए । तर, चितवनस्थित भरतपुर मातपोत कार्यालयले एनआरएन नागरिकतालाई अस्वीकार गर्दै यसका आधारमा जमिन किन्न नपाइने भनेपछि किनबेच रोकिएको हो ।

मालपोत कार्यालयले यसका लागि परराष्ट्र मन्त्रालयको चिठ्ठी ल्याउन सुझाव दियो । उक्त चिठ्ठीका लागि काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा जाँदा यस्तो प्रकारको चिठ्ठी वा पत्र लेख्ने नगरिएको जवाफ दिएको थियो ।

नेपालमा व्यक्तिले जमिन खरिदबिक्री गर्न नेपाली नागरिकता देखाउनुपर्ने हुन्छ । भोट दिनेलगायत राजनीतिक अधिकारबाहेक अन्य सबै सुविधा उपयोग गर्न पाउने गरी एनआरएन नागरिकता दिइएको थियो ।

मालपोत कार्यालयले यसका लागि परराष्ट्र मन्त्रालयको चिठ्ठी ल्याउन सुझाव दियो । उक्त चिठ्ठीका लागि काठमाडौस्थित परराष्ट्र मन्त्रालयमा जांदा यस्तो प्रकारको चिठ्ठी वा पत्र लेख्ने नगरिएको जवाफ दिएको थियो ।

तर, एनआरएन नागरिकता लिनेले पनि नेपाल प्रवेश गर्दा तोकिएको शुल्क तिरेर भिसा लिनुपर्ने बाध्यता छ । हिमालयखबरले केही दिनअघि यससम्बन्धी समाचार प्रकाशित गरेपछि विदेशमा बस्ने नेपालीहरुले तिखो प्रतिक्रिया व्यक्त गरेका थिए ।

भिसा र शुल्क तिर्नु परेपछि एनआरएन नागरिकताको के अर्थ भयो भन्ने प्रश्न उठेको छ । अवसरका लागि विदेश गएका नेपालीले त्यहाँ बस्न सजिलो होस् भन्ने उद्देश्यले स्थायी बसोवास अनुमति पत्र (पिआर, ग्रिनकार्ड) र नागरिकता लिने गरेका छन् ।

यसरी पिआर र नागरिकता लिने नेपालीलाई नेपालमा भने विभिन्न क्षेत्रमा बन्देज लगाएको छ । केही वर्षअघिसम्म यस्तो थिएन । विदेशमा काम गरेर बर्सेनि नेपालीले ११ खर्ब रुपैयाँभन्दा बढी रकम रेमिट्यान्सका रुपमा पठाउँदै आएका छन् । विदेशमा बस्ने नेपालीको नोट चल्ने भोट नचल्ने भन्ने गुनासो व्यापक बन्दै छ । विदेशमा बस्ने नेपालीको नागरिकताले निरन्तरता पाउनुपर्ने मुख्य माग छ ।

अहिले ५० लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । गत वर्ष मात्र करिब १६ लाख नेपाली विदेसिएको तथ्यांक सार्वजनिक भएको थियो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब १३ अर्ब रुपैयाँ नेपाल पठाएका छन् । रेमिट्यान्स बढेकाले नेपालमा अहिले पैसाको अभाव कम भएको छ । तर, स्थानीय वस्तु तथा सेवाका उपभोक्ता भने घटेका छन् ।