मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   
मुख्य समाचार   

बिभिन्न सांस्कृतीक कार्यक्रमका संगै माघे सक्रान्ति कार्यक्रम सम्पन्न

बिभिन्न सांस्कृतीक कार्यक्रमका संगै माघे सक्रान्ति कार्यक्रम सम्पन्न

मुना थापा मगरले तताईन कोलोराडो


कोलोराडो (अमेरीका)- माघे सक्रान्तिको सुभ अवसरमा कोलोराडो निवासी मगरहरुले बिभिन्न सांस्कृतीक कार्यक्रमका साथ सुभकामना आदान प्रदान गर्दै सम्पन्न गरेका छन् ।

मगर संघ कोलोराडो च्याप्टरको आयोजनामा कोलोराडो निवासी मगरले आफ्नो कला, संस्कृती परंपरा अनुसार माघे सक्रान्ति पर्व मनाएका हुन् ।

मगर संघ कोलोराडोका अध्यक्ष कृष्ण थापा मगरको अध्यक्षतामा नेपाली सांस्कृती केन्द्र भवनमा संम्पन्न कार्यक्रम बयोबृद्ध जगनलाल थापा मगरद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको सुरुमा नेपाली र अमेरिकी राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसायी, पत्रकार तथा नेपाली भाषी बा आमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो ।

मगर संघ अमेरीकाको केन्द्रिय सल्लाहकार लछुमन राना मगरको प्रमुख आतित्यता तथा चर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगरको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गीत, नृत्य तथा मन्तब्यबाट स्वागत गरिएको थियो ।

मगर संघ कोलोराडो च्याप्टरका सचिव उपेन्द्र राना मगरद्धारा संचालित कार्यक्रममा मगर संघ अमेरीका केन्द्रिय समितीका उपाध्यक्ष तथा प्रतिनिधी टेक थापा मगर सुभकामना मन्तब्य दिदै कार्यक्रमको महत्व र अवस्यकता बारे प्रकाश पारेका थिए । हाम्रो भाषा संस्कृती हराए हाम्रो पहिचाहनै हराउने छ भन्दै यसलाइ आफ्नो सन्ततीमा जस्ताको तस्तै हस्न्तान्तरण गर्ने बाताबरण सृजना गर्न सबैलाइ अनुरेध गरे । स्थानीय समुदायलाई मगर भाषा संस्कृतीको पहिचाहन गराउनुको साथै संस्कृती जोगाईराख्न कार्यक्रम आयोजना गरिएको उनले बताए । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु आफ्नै सांस्कृतीक पहिरनमा सझिएर आएका थिए ।

कार्यक्रमको दोश्रो चरणमा बिभिन्न मनोरञ्जनात्मक सांस्कृतीक कार्यक्रम आयोजना गरी सहभागीहरलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो । चर्चित लोक तथा दोहोरी गायक मुना थापा मगरद्धारा बिभिन्न चर्चित लोकगीत गाएर सहभागीहरुलाई नचाएकी थिईन । कोलोराडोमा तापक्रम घटेर ज्यादै जाडो भईरहेको अवस्थामा कार्यक्रममा सहभागीहरु भने नाचेर असिन पसीन भएका थिए । मगर, नेपाली भाषाका गीत गाएर, नेपालको पश्चिमी भेकमा अत्यन्तै लोकप्रिय सालैजो नृत्य, कौराह, प्यारोडी तथा मोडल डान्स, लाईभ कौराह, लगायतका बिभिन्न कलाकारहरुको गीतमा स्थानीय कलाकारहरुले कुशल नृत्य प्रश्तुत गरेर सहभागी दर्शकहरुको मन जित्न सफल भएका थिए ।

कार्यक्रममा सहभागीहरुलाई तरुल, सेल र बारा लगायतका स्वादिष्ट भोजनको ब्याबस्था गरिएको थियो । समारोहमा कार्यक्रम सफल बनाउन तन, मन र धनले सहयोग पु¥याउनुहुने दाता, बिशेष कलाकार लगायत स्थानिय कलाकारहरुलाई कार्यक्रमका प्रमुख अतिथी लछुमन राना, अतिथी टेक थापा मगर तथा सभापती कृष्ण थापा मगर द्धारा मायांको चिनो तथा प्रमाण पत्र प्रदानगरी सम्मान गरिएको थियो ।