मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सामाजिक सेवालाई राजनीतिक आँखाले हेर्न हुँदैन : नेतृ डा राणा

सामाजिक सेवालाई राजनीतिक आँखाले हेर्न हुँदैन : नेतृ डा राणा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके । नेपाली कांग्रेसकी नेता डा आरजु राणा देउवाले सामाजिक सेवालाई राजनीतिक दृष्टिल हेर्न नहुने धारणा राखेकी छन् ।

जाजरकोटका भूकम्पपीडित सुत्केरी, गर्भवती तथा सीमान्तकृत महिलालाई ‘डिग्निटी किट’ तथा पौष्टिक तथा पोषिलो आहारसहितको झोला हस्तान्तरणका अवसरमा उनले सामाजिक सेवामा राजनीति घुसाउन नहुने बताइन् ।

नेता राणाले भनिन्, “यो सामाजिक सेवा हो, पार्टीगत कुरा हुँदैन, यसमा राजनीति छैन, जसलाई पर्छ, उसैलाई सहयोग गर्ने हो । तरुण दलले जागरकोट पुगेर घर बनाउने काम गर्‍यो त्यसपछि तरुण दलकै विश्वासमा उहाँहरुसँगै यी सामग्री पीडितका लागि पठाइएको हो ।”

प्रतिनिधिसभा सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिसमेत रहेकी डा राणाले विपद्का बेला नागरिकलाई सहयोग गर्नु दायित्व भएको बताइन् । उनले भनिन्, “सामाजिक कार्यकर्ता भएको नाताले पहिलेदेखि सहयोग गर्दै आएको हो, जाजरकोट भूकम्पका कारण गर्भवती, सुत्केरीलाई धेरै गाह्रो छ भन्ने जानकारी आएपछि सहयोगका लागि यहाँ आएका हौँ ।”

त्यस अवसरमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान् गुरुङले आफूहरु भूकम्पपछि जाजरकोट पुगेर अस्थायी टहरा निर्माण गरी फर्केको र भूकम्पपीडितको अवस्था अत्यन्त दयनीय रहेको बताए ।

“त्रिपालमुनि बसेका ७२ परिवारलाई हामीले १० दिनभित्र अस्थायी टहरामा सार्न सफल भयौँ”, उनले भने “यी सामग्री हामी जाजरकोटका पीडितको हातमा पुर्‍याउँछौँ ।”

डिग्निटी किट एवम् पौष्टिक तथा पोषिलो आहारसहितको एक हजार थान झोला भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई वितरण गरिनेछ ।

अठार प्रकारको सामग्री भएको किटको सङ्ख्या पाँच सय थान र १५ प्रकारको सामग्री भएको किटको संख्या पाँच सय थान छ । वितरण गरिने सामग्रीमा ज्याकेट तथा ट्राउजर, ऊनीको मोजा, स्यानेटरी प्याड, बच्चाको कम्मल र कपडा, तौलियालगायत छन् ।