मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
राजनीति-समाज   

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

हिमालय खबर

शेयर गर्नुहोस:

324
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्बिया पठाइदिन्छु भन्दै रु १३ लाख ५० हजार ठगी गरेको अभियोगमा उदयपुरको कटारी नगरपालिका–१ घर भई हाल ललितपुरको च्यासल बस्ने ४२ वर्षीय विकाशकुमार घले र काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल शम्भूमार्ग बस्ने टोकियो ओभरसिसका कर्मचारी ३९ वर्षीय सञ्जय लामालाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले घलेलाई महाबौद्धबाट सोमबार दिउँसो र लामालाई सिनामङ्गलबाट आइतबार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

यस्तै, पोल्याण्ड पठाइदिन्छु भन्दै रु दुई लाख १५ हजार ठगी गरेको अभियोगमा दोलखा भीमेश्वर नगरपालिका–५ घर भई काठमाडौँको तार्केश्वर नगरपालिका–८ जरंखु बस्ने ३० वर्षीया पूजा श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भनी ठगी गरेको प्रहरीले जनाएको छ ।

यसैगरी मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा रौतहटको बुद्धावन नगरपालिका–४ घर भई काठमाडौँ–३१ शान्तिनगर बस्ने ३२ वर्षीय विन्दालाल साह कानुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साहले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सिनामङ्गलबाट पक्राउ गरेको जनाइएको छ ।