मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नेपाल र भारतका अधिकारीबीच ऊर्जा क्षेत्र सहकार्यको समीक्षा

नेपाल र भारतका अधिकारीबीच ऊर्जा क्षेत्र सहकार्यको समीक्षा

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी नेपाल–भारत संयुक्त सञ्चालक समितिको ११ औँ बैठकमा ऊर्जा व्यापार, जलविद्युत् परियोजना र प्रसारण लाइनको कार्यान्वयन, नेपाल र भारतबीचको द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यलगायत विषयमा समीक्षा भएको छ ।

भारतको ऊर्जा मन्त्रालयका सचिव पङ्कज अग्रवाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा) गोपालप्रसाद सिग्देलको सहअध्यक्षतामा गत शनिबार चितवनमा सम्पन्न बैठकमा संयुक्त प्राविधिक टोली (जेटिटी)लगायत विभिन्न द्विपक्षीय समितिमा भएका प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले आइतबार जनाएको छ ।

बैठक भारत र नेपालबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि भएको हो । त्यसअघि भारतको ऊर्जा मन्त्रालयका सहसचिव डी साई बाबा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको सहअध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी ११ औँ संयुक्त कार्यदलको बैठक काठमाडौँमा भएको थियो ।

दुवै बैठकले १३२ केलोभोल्ट र त्यसभन्दा कम प्रसारण लाइनबाट हुने अन्तरदेशीय ऊर्जा व्यापारका प्रारुप स्वीकृत गरेका थिए भने भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीले पुस १९ गते विशेष महत्त्वका तीनवटा नयाँ १३२ केभी प्रसारण लाइनको उद्घाटन गरेका थिए ।

विदेशमन्त्रीद्वयले रक्सोल (विहार, भारत)–परवानीपुर (नेपाल) को दोस्रो सर्किट, कटैया (विहार, भारत)–कुशाहा (नेपाल) को दोस्रो सर्किट र नयाँ नौतनवा (उत्तरप्रदेश, भारत) –मैनहिया (नेपाल) को उद्घाटन गरेका हुन् । करिब २०० मेगावाट प्रसारण क्षमता थप्ने यी प्रसारण लाइनले भारत र नेपालबीचको समग्र प्रसारण क्षमता एक हजार चार सय मेगावाट पुर्‍याउनेछ । नयाँ नौतनवा–मैनहिया प्रसारण लाइन नेपाल र भारतको उत्तरप्रदेशबीचको पहिलो प्रसारण लाइन हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सन् २०२२ अप्रिलमा भएको भारत भ्रमणका क्रममा जारी भएको भारत–नेपाल संयुक्त दृष्टिकोणपत्रमा प्रगति हासिल गर्दै दुवै पक्ष संयुक्त जलविकास समितिको पहिलो बैठक यथाशीघ्र बोलाउन सहमत भएको जनाइएको छ ।