मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सार्वभौम सत्ता रक्षाका लागि एकजुट हुन आवश्यक : पूर्वराष्ट्रपति यादव

सार्वभौम सत्ता रक्षाका लागि एकजुट हुन आवश्यक : पूर्वराष्ट्रपति यादव

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताएका छन् । चितवनमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले दलहरुले आआफ्नो भूमिका महत्त्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिए ।

डा यादवले भने, “दलहरुलाई नेपाली जनताले हेरिरहेका छन् ।” उनले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गरे ।

उनले भने, “म आशा गर्छु, राजनीतिक दलहरुले आआफ्नो कर्तव्य निर्वाह गर्नेछन् ।” देशलाई कसरी संविधानसम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको डा यादवले बताए ।

उनले भने “हामी लोकतन्त्रमा छौँ । यसको मर्यादा, लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधिसभालाई सञ्चालन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । सर्वोच्च अदालतको प्रतिष्ठा जनताका बीचमा स्थापित भएको छ । सबै संविधानको मर्मअनुसार चलौँ ।”