मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   
मुख्य समाचार   

सांस्कृतीक कार्यक्रमका संगै कोलोराडोमा तमु ल्होसार सम्पन्न

सांस्कृतीक कार्यक्रमका संगै कोलोराडोमा तमु ल्होसार सम्पन्न

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरीका- तमु ल्होसार कोलोराडोमा बिभिन्न सांस्कृतीक कार्यक्रमका साथ नयांबर्षको सुभकामना आदान प्रदान गर्दै सम्पन्न भयो ।
तमु धी कोलोराडोको आयोजनामा यहां निवासी तमु समुदायले आफ्नो संस्कृती परंपरा अनुसार बिरालो बर्गलाई बिदागरी गीद्ध बर्गलाई स्वागतगर्दै सोमबार ल्होसार मनाएका हुन् ।

तमु धी कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङको अध्यक्षतामा बोल्डर नगरमा संम्पन्न कार्यक्रम, ८८ बर्षिय बयोबृद्ध दुजमयां गुरुङद्धारा पानसमा बत्तीबालेर उद्धाटन गरिएको थियो । कार्यक्रमको सुरुमा नेपाली , अमेरिकी र गुरुङ राष्ट्रिय गान गाईएको थियो । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसाही, पत्रकार तथा नेपाली भाषी बा आमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो ।

तमु धीका उपाध्यक्ष भुवन गुरूङ र सरीता गुरूङद्वारा संयूक्त रूपमा संचालित कार्यक्रमा संस्थाका अध्यक्ष चन्द्रबहादुर गुरूङले उपस्थित सबैलाइ स्वागत गर्दै यसको महत्व र अवस्यकता बारे प्रकाश पारेका थिए । हाम्रो भाषा संस्कृती हराए हाम्रो पहिचाह नै हराउने छ भन्दै यसलाइ आफ्नो सन्ततीमा जस्ताको तस्तै हस्थान्तरण गर्ने बाताबरण सृजना गर्न सबैलाइ अनुरेध गरे । स्थानीय समुदायलाई तमु संस्कृतीको पहिचाहन गराउनुको साथै तमु संस्कृती जोगाईराख्न कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रमको दाश्रो चरणमा गतबर्ष देखि कोलोराडोमा शुरू गरिएको गुरूङ भाषा कक्षाका बाल बालिकाहरूले कार्यक्रम प्रश्तुत गरेका थिए । उनीहरूले आफ्नो परिचय गुरूङ भाषाबाट दिदैं बिभिन्न सांगितीक कार्यक्रम समेत प्रदर्शन गरेका थिए । सोही अवशरमा गत बर्षदेखी निशुल्क गुरूङ भाषा सिकाउदै आएका सिक्षक शंकर गुरूङलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा कलाकारहरूले गुरुङ, नेपाली र अंग्रजी भाषाका गीत गाएर, दुइ छुट्टा छुट्टै लाइभ ब्याण्ड Kathmandu Rocks र Besurey Rocks द्धारा सांगीतिक प्रश्तुती गरेर, कौडा नृत्य लगायतका बिभिन्न कलाकारहरुको गीतमा स्थानीय कलाकारहरुले कुशल नृत्य प्रश्तुत गरेर सहभागी दर्शकहरुको मन जितेका थिए । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु आफ्नै सांस्कृतीक पहिरनमा सझिएर आएका थिए ।

नेपालमा मुलत ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तोला , तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरुले यस बर्ष बिरालो बर्गलाई बिदाई गर्दै गीद्द बर्गलाई स्वागत गरेका छन् । ल्होसारमा परंपरा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोली पल्ट नयां दिनको झुल्के घाम संगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।

कोलोराडोमा गत डिसेम्बर ३१ तारिक शनीबार सांझ पनि गुरूङ समुदायको अर्को संस्था तमु प्ये ल्हुले बिभिन्न सांस्कृतीक कार्यक्रमका साथ ल्होसार सम्पन्न गरेको थियो ।