मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार चाहिन्छ : नेता कोइराला

राजनीति गर्ने व्यक्तिमा नैतिकता र संस्कार चाहिन्छ : नेता कोइराला

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले राजनीतिक व्यक्तिमा नैतिकता र संस्कार चाहिने बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशस्तरीय भेला २०८० मा डा कोइरालाले कांग्रेस सुदृढ बनाउन राष्ट्रियता, प्रजातन्त्र र समाजवाद तीनवटा शब्द दिएर बिपी कोइराला गएको बताए ।

डा कोइरालाले भने, “कांग्रेस विगतमा किन बलियो थियो र क्रमशः किन कमजोर हुँदैछ ? तपाईंहरूले पार्टीलाई सल्लाह, सुझाव र प्रतिक्रिया दिनुपर्छ । पार्टीभित्र विगतमा भएका असल अभ्यास र अहिलेका नराम्रा कुराका सकारात्मक आलोचना गनुपर्छ ।”

कांग्रेस सहमहामन्त्री डिना उपाध्यायले पुराना नेताहरुको अभिलेख पार्टीले राख्नुपर्ने बताइन् । उनले मुलुकका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका नेताहरूको अभिलेख राख्ने र विगतमा गरेका कामका आधारमा न्याय दिनुपर्ने तर्क गरिन् ।

संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले सेनानीहरुको परिचयपत्र नेपाल सरकारले दिनुपर्ने बताए । सेनानीले विगतको राजनीतिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउँदै उनले त्यस्ता व्यक्तिहरुको सम्मान पार्टीले गर्नुपर्ने धारणा राखे ।