मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   
साहित्य / कला   

नीलि लोकार्पण र मेडिकल स्टोरको स्वर्ण जन्मोत्सव

नीलि लोकार्पण र मेडिकल स्टोरको स्वर्ण जन्मोत्सव


धुलाबारी , झापा । लेखन र औषधि व्यवसाय फरक फरक प्रकृतिका विधा हुन् । तर गोपाल सापकोटा यी दुबै विषयमा खरो उत्रिने पात्र भएका छन ।

बि.सं २०३० देखि धुलाबारीमा गोपाल मेडिकल स्टोर खोलेर आज पर्यन्त सेवा दिइरहेका गोपाल सापकोटाले आफुभित्रको साहित्यिक उर्जालाई “नीलि ” उपन्यास मार्फत सार्वजनिक गरेका छन् । गत शनिवार यहाँ आयोजित एक भव्य समारोहमा गोपाल मेडिकल स्टोरको स्वर्ण महोत्सव तथा नीलि उपन्यासको लोकार्पण गरियो । सुखान्त प्रेम कहानीमा आधारित सो उपन्यास नेपाल र भारतका स्थान ,परिवेश र पात्रसंग जोडिएका छन् ।

लेखक सापकोटा विगतमा झापाबाट प्रकाशित साप्ताहिक विचारको हास्यव्यंग स्तम्भकार थिए । गोसा नामबाट प्रकाशित उनका हास्यब्यंगहरु निक्कै चर्चित थिए । त्यही स्तम्भकारको नाम गोसामा झापाली जोडेर उनले उपन्यासमा लेखकलाई गोसा झापाली बनाएका छन् ।

मेडिकल स्टोरको स्वर्ण उत्सव र नीलि उपन्यासको समारोहको प्रमुख आतिथ्य गोरखापत्रका पुर्व प्रधानसम्पादक एवम् हिमालयखबरका सल्लाहकार सम्पादक तारा बरालले गरेका थिए ।

सो अवसरमा बरालले लेखक एवम् औषधि व्यवसायी गोपाल सापकोटाको बहुआयामिक व्यक्तित्व र उपन्यास नीलिका बारेमा मन्तव्य राखेका थिए ।

उक्त उपन्यासको समिक्षा पत्रकार एवम् साहित्यकार द्वय चन्द्र भण्डारी र बिटु केसीले गरेका थिए । लेखक एवम् पुस्तकको चिनारी साहित्यकार रश्मिशेखर सुवेदीले प्रस्तुत गरे । कार्यक्रमको सभापतित्व औषधि व्यवसायी संघ झापाका अध्यक्ष जीवन कुमार खड्काले गरेका थिए ।

गोपाल मेडिकल स्टोरका नियमित ५० जना ग्राहकहरुलाई सो अवसरमा सम्मान गरिएको थियो । त्यसैगरी गोपाल मेडिकल स्टोरले नेपाल पत्रकार महासंघ झापाको पत्रकार उपचार कोषमा २१,१११ रुपैयाँ सहयोग र धुलाबारी मा.बि . कि उत्कृष्ट विध्यार्थी कृतिका सुबालाई सम्मान एवम् नगद सहयोग गर्यो ।

विशाल सापकोटाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा गोकुल खड्का र नानीहरु वृती सापकोटा , लावण्य सापकोटा ,वाणी सापकोटा र प्रिया मिश्रले विभिन्न गीत र संवाद प्रस्तुत गरेका थिए । १२ वर्षिय बालक संस्कार सापकोटाको तबला बादनलाई उपस्थित सबैले प्रशंसा गरे । समाजका प्रतिष्ठित समाजसेवीहरुलाई समेत सम्मान गरिएको सो कार्यक्रम पत्रकार केशव भट्टराईले संचालन गरेका थिए । आयोजकको तर्फबाट गोपाल सापकोटाले आफ्नो मन्तव्य सहित धन्यवाद ज्ञापन गरे ।

स्थानीय प्रणामी मन्दिरमा सम्पन्न सो कार्यक्रममा समाजसेवी, व्यवसायी ,पत्रकार , साहित्यकार लगायत स्थानीय जनसुमदायको बाक्लो उपस्थिति थियो ।