मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य / कला   

पाठ्यक्रमभन्दा बाहिर सिक्ने कुरा धेरै छन् : अध्यक्ष ओली

पाठ्यक्रमभन्दा बाहिर सिक्ने कुरा धेरै छन् : अध्यक्ष ओली

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई पाठ्यक्रमभन्दा बाहिर सिक्ने कुरा धेरै रहेको बताएका छन् ।

कालिका नगरपालिकाको भिमोदय नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उनले पाठ्यक्रमसँगै बाह्य विषयमा ज्ञान हासिल गर्न आग्रह गरे । उनले भने, ‘कोर्ष साँघुरो अध्ययन मात्रै होइन, कोर्षमा अध्ययन गरेर विशिष्टता हासिल गर्नुपर्‍यो, कोर्ष विद्यालयका किताबमा हुन्छ, त्योभन्दा बाहिर सिक्ने कुरा धेरै छन् ।’

कोर्ष बाहिर बुझ्ने धेरै कुरा भएको उल्लेख गर्दै उनले सिक्ने र अपनाउनेसमेत धेरै कुरा रहेको बताए। उनले भने, ‘विद्यार्थी ‘स्टार’ हुनुपर्दछ, बालबालिकालाई विशेष व्यक्तित्व, विशिष्ट व्यक्तित्वका रुपमा विकास गर्ने प्रयास गर्नुपर्छ।’ परिवार र समाजका लागि एउटा दृष्टान्त नागरिकका रुपमा यहाँका विद्यार्थीहरु आउनुपर्ने उनले बताए ।

ओलीले भने, ‘आफ्नो घरको आँगनको मात्रै नभइ प्रसान्त महासागरमा पौडी खेल्नसक्ने हुनुपर्छ  ।’ उनले शिक्षा मनोबल उठ्ने खालको हुनुपर्ने उल्लेख गर्दै विद्यार्थी असफल नहुने बताए । उनले भने, ‘बिदा नमिल्दा असफल हुने हुन, रुची एउटामा हुन्छ, पढ्न अर्कोमा पर्छ, रुचीअनुसारको विषय पढ्न पाउनुपर्छ ।’

विद्यार्थीलाई पहिले नै फेल भनेर हतोत्साहित गर्न नहुने उनको सुझाव थियो । रोजगारी खोज्ने नभइ उद्यमशिलता विकास गरेपछि अरुलाई रोजगारी दिन सकिने उनले बताए। सो अवसरमा अध्यक्ष ओलीले विद्यालयको स्वर्णद्धार, स्वर्ण स्तम्भ र स्वर्ण स्मारिक अनावरण गरेका थिए ।