मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   
राजनीति-समाज   

गभर्नरको शैक्षिक योग्यताको विषयलाई लिएर सर्वोच्चमा रिट दायर

गभर्नरको शैक्षिक योग्यताको विषयलाई लिएर सर्वोच्चमा रिट दायर


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्नसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बिहीबार अधिवक्ता दीपकराज जोशी, दामोदर तिम्सिनासहित चार जनाले दर्ता सर्वोच्चमा रिट दर्ता गरेका छन्। गत कात्तिक ३ गते गभर्नर सो पदमा रहन योग्य नरहेको दाबीसहित पेश गरिएको रिट बुधबारमात्र सर्वोच्चले दर्ता गर्ने अनुमति दिएको थियो ।

Advertisement

गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा बुझाएको बायोडाटामा स्नातक तह मात्रै पास भएको विवरण पेश गरेको जिकिर रिटमा छ । सन् १९८९ मा काठमाडौँको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको र भारतको एक चाटर्ड एकाउन्टेन्ट पढाइ हुने कलेजबाट सन् १९९३ मा ‘सिए’ पढाइ सकेको उल्लेख गरे पनि त्यो पर्याप्त नभएको रिटमा उल्लेख छ ।

गभर्नर अधिकारीले पेश गरेको शैक्षिक योग्यता गभर्नरको शैक्षिक योग्यताको मापदण्डभित्र नपर्ने भएकाले उनी गभर्नर पदका लागि योग्य नभएको दाबी रिटमा गरिएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ तर सिएको योग्यतालाई नेपालमा स्नातकोत्तर उपाधि मान्ने गरिएको छैन भन्ने रिटमा उल्लेख छ।

शेयर गर्नुहोस:

108
Shares