मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य/सिर्जना   

बाह्रखरी कथा लेखन प्रतियोगिताको उपाधि पन्तलाई, एक लाख पुरस्कार प्रदान

बाह्रखरी कथा लेखन प्रतियोगिताको उपाधि पन्तलाई, एक लाख पुरस्कार प्रदान


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको कथा प्रतियोगिताको उपाधि कथाकार मनोजबाबु पन्तले प्राप्त गरेका छन्।

डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न सफल भएको हो। प्रथम बनेसँगै पन्तले रु एक लाख नगद र प्रमाणपत्र प्राप्त गरेका हुन्।

यसैगरी, दोस्रोमा प्रमोद प्याकुरेलको ‘काँचुली’ कथा बनेको हो। दोस्रोलाई रु ६० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ। यसैगरी, तेस्रोमा विजय हिताङको चेपाङ, चमेरा र च्युरी कथा बनेको छ । उक्त कथालाई रु ४० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कथाकारलाई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सम्मान गरेका हुन्। कार्यक्रममा श्रेष्ठले नेपाली साहित्यलाई अगाडि बढाउन बाह्रखरी मिडियाले गरेको साहस सराहनीय भएको बताए। उनले मुलुकले साहित्यकारको सम्मान गर्नुपर्ने बताए।

“साहित्यकारले आफ्नो सिर्जनाको भरपुर लाभ लिन सक्नुपर्छ,” उनले भने। जुन देशमा साहित्यकारले उपेक्षा भोग्छ, त्यो देश अगाडि बढ्न नसक्ने उनको भनाइ थियो।

डिसहोम प्रालिका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य देवीप्रसाद भट्टचनले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि लैजानका लागि नेपाली सञ्चारमाध्यमको ठूलो भूमिका रहेको उल्लेख गरे।

बाह्रखरी मिडिया प्रालिका अध्यक्ष, वरिष्ठ पत्रकार प्रतीक प्रधानले बाह्रखरी मिडियाले नेपाली साहित्यको क्षेत्रलाई अगाडि बढाउनका लागि कथा लेखन प्रतियोगिता आयोजना गरेको जानकारी दिए।

प्रतियोगितामा समावेश भएका आठ सय ४३ प्रतिस्पर्धीमध्ये ‘बुढो लाँकुरीको रूख’ सर्वोत्कृष्ट भएको हो । नेपालसहित विश्वका विभिन्न मुलुकमा बस्ने नेपाली कथाकारले लेखेको आठ सय ४३ कथामध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरी पुस्तक प्रकाशन गरिएको छ। उक्त कथा सङ्ग्रहमा २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागिरथी श्रेष्ठ, भाउ पन्थी, डा राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समावेश गरिएका छन्।

निर्णायक समितिका संयोजक प्राडा सावित्री कक्षपतीले नेपाली कथाको क्षेत्रमा बाह्रखरी मिडियाले कथा प्रतियोगिता गरेर नयाँ कामको सुरुआत गरेको बताए । सो निर्णायक समितिमा प्राडा कक्षपतिसँगै साहित्यकार महेशविक्रम शाह र सुबिन भट्टराई सदस्य रहेका थिए ।

शेयर गर्नुहोस:

108
Shares