मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घटेर चिसो बढेको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ४।५ र अधिकतम तापक्रम १९ डिग्रीसेल्सियस रहेको छ।

पछिल्लो तीन–चार दिनयता काठमाडौंको न्यूनतम तापक्रम चारदेखि पाँच र अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको हाराहारी रहेको छ। तापक्रम घटेकाले काठमाडौंमा अत्यधिक चिसो बढेको छ। दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ।

सबैभन्दा कम जुम्लामा माइनस २।८ र जोमसोममा माइनस ३।५ तापक्रम मापन गरिएको महाशाले उल्लेख गरेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीका कारण अहिले आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

पुस ७ गते प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।