मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य / कला   

कवि ढुंगाना सम्मानित तथा पुरस्कृत हुने

कवि ढुंगाना सम्मानित तथा पुरस्कृत हुने

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर । यस वर्षको चूडामणि रेग्मी झर्रो शैली सम्मान तथा पुरस्कार कवि राजेश ढुंगानालाई प्रदान गरिने भएको छ ।

पूर्वका मोतीरामसमेत भनेर कहलिएका वरिष्ठ साहित्यकार चूडामणि रेग्मीको नाममा स्थापित यो पुरस्कार तथा सम्मानको राशी २५ हजार रुपैयाँ रहेको छ ।

विगत साढे चार दशकअघिदेखि कविता लेखनमा सक्रिय ढुंगानको एउटा कवितासंग्रह सुकिला मान्छेहरुको सामूहिक मृत्यु प्रकाशित छ भने सयौँ फुटकर कविताहरु प्रकाशित छन् ।

ढुंगाना कविता लेखनबाहेक लामो समयदेखि पत्रकारिता र किशोरवयदेखि नै नेपाली प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका छन् ।

यो सम्मान तथा पुरस्कार विसं २०८० साल पुस २६ गते कवि शिरोमणि लेखनाथ जयन्तीमा एक विशेष समारोहबीच लेखनाथ पुस्तकालय चन्द्रगढीमा प्रदान गरिने आयोजकले जनाएको छ ।