मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सङ्घीयताले देश समृद्ध हुँदै गएको छ : महामन्त्री शर्मा

सङ्घीयताले देश समृद्ध हुँदै गएको छ : महामन्त्री शर्मा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देउखुरी (दाङ) । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश  शर्माले सङ्घीयताका कारण देशमा विकास भएको बताएका छन् ।
नेपाली कांग्रेस दाङले घोराहीमा पार्टी सङ्गठन तथा अन्य विविध विषयमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको बताए । पार्टीलाई नयाँ तरिकाबाट लैजानुपर्छ भन्ने पार्टी कार्यकर्ताको भावना अनुसार काम गरिरहेको महामन्त्री शर्माले सुनाए ।
“भ्रष्टाचार नियन्त्रण गर्न कानुन बलियो बनाउनुपर्छ । भ्रष्टाचार निवारण ऐनको आधारमा काम कारबाही गर्नुपर्छ ।  निर्दोषलाई फसाउनुहुँदैन, दोषीलाई उन्मुक्ति दिनुहुँदैन”– उनले भने ।
एनसेलले पुँजीगत लाभकर तिर्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसो गर्न नसकेमा सरकारले किन्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले कांग्रेसलाई सबैभन्दा राम्रो पार्टी बनाउन लाग्नुपर्ने बताए ।