मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो : मन्त्री बस्नेत

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोटस्थित भीमसेन माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाको विकास हुन सकेन भने अन्य कुनै पनि विकास नहुनेसमेत दाबी गरेका छन् ।

‘शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गीण विकासको मुल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ’, मन्त्री बस्नेतले भने । उनले विद्यार्थीको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकको गहन जिम्मेवारी रहने बताए । ‘विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक र अभिभावकको ठूलो दायित्व र जिम्मेवारी रहन्छ, जनप्रतिनिधिले त्यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारलगायत जनशक्ति व्यवस्थापन गरिदिने हो’, उनले भने ।

मन्त्री बस्नेतले फरक प्रसङ्गमा गफ लगाएर विकास नहुने तर्क राखे । उनले भने, ‘विकास गर्न काम गर्नैपर्छ, गफ लगाएर हुन्न, अर्काले ल्याएको विकासका योजनामा नागरिकलाई झुक्याउनु हुन्न ।’

सिन्धुपाल्चोकमा भौतिक पूर्वाधार विकासले थप तीव्रगति लिएको जनाउँदै अझै शिक्षाको विकास तथा बालविवाह रोक्ने अभियान सञ्चालनको आवश्यकता औँल्याए । ‘यहाँ पूर्वाधारको विकास भएको छ, हुँदै जान्छन्, चिन्ता लिनु पर्दैन, शैक्षिक विकास र व्यक्तिको सामाजिक चेतनाको विकासमा कदम चाल्नैपर्छ’, उनले थपे ।

मन्त्री बस्नेतले स्थानीय नागरिकलाई बिरामी परेर उपचार गर्न नसके वडाध्यक्षको सिफारिस लिएर आफूकहाँ आउन आगह्रसमेत गरेका छन् । ‘उनले पैसा नभएका कारणले कोही पनि नेपाली मर्नु पर्दैन, बिरामी परे वडाध्यक्षबाट उपचार गर्न सकिनँ भनेर सिफारिस माग्नुस्, तपाईँको उपचार सरकारले गर्छ’, उनले दोहोर्याए ।

उनले आफू मन्त्री भएपछि सङ्घीयस्तरका अस्पतालमा तीन हजार पाँच सय २३ बेड गरिब तथा विपन्नका लागि निःशुल्क उपचारसहित, दश प्रतिशत सबै अस्पताल तथा मेडिकल कजेज र चार प्रदेशका जनरल बेडमा निःशुल्क उपचारसहितको नीति कार्यान्वन गराएको बताए ।

सो अवसरमा मन्त्री बस्नेतले विद्यालयको खेलमैदान निर्माण लागि रु ५१ हजार सहयोगको घोषणा गरे । साथै उनले विद्यालयका लागि भवन निर्माणार्थ जग्गा प्रदान गर्ने स्थानीयलाई सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाली कांगे्रसका नेता एवं पूर्वराज्यमन्त्री विष्णुविक्रम थापा, गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङ, उपाध्यक्ष सरु लामा, नेपाली कांग्रेस ट्रेड युनियनका केन्द्रीय उपमहासभिव बलदेव तामाङ, नेकपा (एमाले)का नेता डुप क्षिरिङ तामाङलगायतले शुभकामना व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक हीरा लामाले विद्यालयको वार्षिक प्रगति प्रस्तुत गरेका थिए ।