मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पत्रकार पौडेल स्मृति अक्षय कोषमा एक लाख सहयोग

पत्रकार पौडेल स्मृति अक्षय कोषमा एक लाख सहयोग

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की । पोखराका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा स्थापना गरिएको अक्षय कोषमा सोमबार रु एक लाख सहयोग रकम प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले समितिका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा स्थापना गरेको कोषमा हाल जापान निवासी रामचन्द्र र सुशीला राईले सो रकम सहयोग गरेकी हसन् ।

राई दम्पत्तीले प्रदान गर्नुभएको सो सहयोग रकम छोरी प्राप्ति राई र पत्रकार अपिल त्रिपाठीले महासङ्घ प्रदेश समितिका महासचिव गोविन्द सुवेदीलाई हस्तान्तरण गरे । पूर्वसञ्चारकर्मी राई हाल रोजगारीका सिलसिलामा जापानमा छन् ।

पत्रकार पौडेलको गत वर्ष माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएको थियो । पौडेल पत्रकार महासङ्घ प्रदेशको सल्लाहकार तथा केन्द्रीय सदस्यसमेत थिए । राईले स्व पौडेलको निधन भएको १३ दिनमै सो सहयोग रकम घोषणा गरेका थिए ।

महासङ्घ प्रदेश समितिले पौडेलको स्मृतिमा रु १० लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको थियो । कोषमा पत्रकार, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरुबाट गरी हालसम्म रु चार लाख जम्मा भएको महासचिव सुवेदीले बताए ।

यसैगरी प्रदेश समितिका अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन स्मृति कक्ष’ नामकरण गरिएको छ । पौडेल अध्यक्ष रहेका समयमा प्रदेश समितिको भवन निर्माण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले क्रियाशील र ऊर्जाशील पत्रकार पौडेलको अल्पायुमा भएको निधनले सञ्चार क्षेत्र अझै पनि मर्माहत भएको बताउँदै पौडेलका सपना पूरा गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताए ।