मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

भूकम्प प्रभावित बसेको बस्ती हटाउँदै डिभिजन वन कार्यालय

भूकम्प प्रभावित बसेको बस्ती हटाउँदै डिभिजन वन कार्यालय

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । विसं २०७२ को भूकम्पमा परी घरगोठ क्षति भई तत्कालीन समयमा पुनःस्थापना गरिएका भूकम्प प्रभावितलाई हटाउन डिभिजन वन कार्यालय चितवनले प्रक्रिया सुरू गरेको छ ।

कार्यालयले गत कात्तिक २१ गते सूचना प्रकाशन गरी अतिक्रमित वन क्षेत्र खाली गर्नका लागि प्रभावितलाई अनुरोध गरेको थियो । तत्कालीन दाहाखानी गाउँ विकास समिति हालको इच्छाकामना गाउँपालिका–६ कुयलघारीका एक सय २७ घरपरिवारलाई तत्कालीन दाहाखानी गाउँ विकास समिति वडा नम्बर ८ हालको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा रहेको कबुलियती वन क्षेत्रमा स्थानान्तरण गरिएको थियो ।

तत्कालीन समयमा छ महिना रहने गरी जिल्ला प्रशासन कार्यालय चितवनको चलानी नम्बर चार सय ३८ को पत्रबाट व्यवस्थापन गरिएकोमा हालसम्म पनि प्रभावित सोही स्थानमा रहेका छन् ।

सोही स्थानमा पक्की घर निर्माण गर्ने, टहरा बनाउने, वन अतिक्रमण गर्ने, खेतीबाली लगाउने जस्ता कार्य भएको हुँदा हटाउन लागिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

उनले भने, “वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश मकवानपुरले उक्त वन क्षेत्र खाली गराई मन्त्रालयलाई जानकारी गराउनु भनी परिपत्र गरेको हुँदा वन ऐन २०७६ को दफा १२ मा भएको व्यवस्था र वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति २०६८ मा भएको व्यवस्था बमोजिम सो वन क्षेत्र खाली गर्न लागिएको हो ।”

अहिले कतिपय पुरानै स्थानमा र कतिपय अन्यत्र गइसकेको र बाँकी रहेका ४५ परिवारलाई हटाउन लागिएको उनले जानकारी दिए । सो क्षेत्रमा रहेका पाँचवटा कबुलियती वनमा उनीहरुलाई तत्कालका लागि राखिएको खनालले बताए । उनले थपे, “सूचना जारी गरिसकेका छौँ । अब अतिक्रमण नियन्त्रण रणनीतिअनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्बन्धित सरोकारवालासँग छलफल गरी सो क्षेत्र खाली गराइने छ ।”