मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी अध्यागमनको हिरासतमा नेपालीको निधन

अमेरिकी अध्यागमनको हिरासतमा नेपालीको निधन

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) । गैर कानुनी मार्गबाट अमेरिका प्रवेश गरेका एक नेपालीको अमेरिकी अध्यागमनको हिरासतमा निधन भएको छ ।
निधन हुनेमा सिन्धुपाल्चोक बाह्रबिसेका सुवास श्रेष्ठ हुन् । उनी मेक्सिको हुँदै एरिजोनाको लुकभील नाका नजिकबाट अवैध रुपमा अमेरिका प्रवेश गरेका थिए । उनलाई इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) का अधिकारीहरुले पक्राउ गरेका थिए ।
बिना भिसा गैर कानुनी रुपमा अमेरिका प्रवेश गरेका कारण उनलाई देश निकाला गर्ने निर्णय सहित सेप्टेम्बर ९ देखि टेक्ससको कार्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ्ग सेन्टरमा राखिएको थियो । उनलाई नेपाल फिर्ता गर्ने तयारी भैरहेको समयमा नोभेम्बर १३ मा हिरासतभित्रै मृत अवस्थामा फेला पारिएको आइसले विज्ञप्ती मार्फत जनाएको छ ।
आइसका अनुसार मृतक श्रेष्ठ ३४ बर्षका थिए । उनको मृत्युको सम्बन्धमा वासिङ्गटन डिसी स्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको समेत विज्ञप्तीमा जनाइएको छ ।


स्रोतका अनुसार मृतक श्रेष्ठ ८५ लाख रुपैयाँ खर्च गरेर बिभिन्न देश हुँदै मेक्सिकोबाट अवैध रुपमा मेक्सिको छिरेका थिए । गैर कानुनी रुपमा सीमा नाघेर पस्नेलाई अमेरिकाको आइसले पक्राउ गरेर संबन्धित देश फिर्ता गर्दै आएको छ । सन् २०२२ मा त्यसरी आइसले पक्राउ गरेर २८ नेपालीलाई फिर्ता गरेको थियो। सन् २०२१ मा २३ नेपालीलाई पक्राउ गरेर फिर्ता गरेको थियो भने २०२० मा ९७ जनालाई गरेको थियो ।
सन् २०२२ मा गैर कानुनी रुपमा सीमा पार गरेर अमेरिका पसेका बिभिन्न देशका ७२ हजार एकसय ७७ जनालाई आइसले पक्राउ गरेर अमेरिकाबाट निकाला गरेको थियो ।
नियमित स्वास्थ सेवा, अत्यन्तै निगरानीबीच अध्यागमनको हिरासतमा राखिन्छ । यस्तो अवस्थामा श्रेष्ठको निधन कसरी भयो भन्ने बारेमा आइसले वृस्तृतमा केही उल्लेख गरेको छैन ।
पछिल्लो समयमा ठूलो रकम दलाललाई तिरेर नेपालीहरु दक्षिण अमेरिका हुँदै संयुक्त राज्य अमेरिका प्रवेश गरिरहेका छन् । मेक्सिकोसँग सिमाना जोडिएको अमेरिकी राज्य टेक्ससले गैर कानुनी आप्रवासीको प्रवेश रोक्न फलामे पर्खाल निर्माण गर्नुका साथै व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गर्न सुरु गरेको छ । टेक्ससको कडा नीतिका कारण आप्रवासीहरु एरिजोना र क्यालिफोर्निया बाट प्रवेश गर्न थालेका छन् । तर आइसले निकै कडाई गरेका कारण आप्रवासीहरु पक्राउ परेर अमेरिका निकाला हुँदै आएका छन् ।