मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रकम ठगी गर्ने महिला पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रकम ठगी गर्ने महिला पक्राउ


शेयर गर्नुहोस:

621
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु ३८ लाख रकम लिई ठगी गरेको अभियोगमा प्रहरीले मंगलबार एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भक्क्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

Advertisement

उनका अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक रु एक लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा रु ३८ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरिएको हो ।

काठमाडौँ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि मंगलबारै वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताए ।

शेयर गर्नुहोस:

621
Shares