मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

दलहरूबीच नयाँ सहकार्य आवश्यक छ : नेता पौडेल

दलहरूबीच नयाँ सहकार्य आवश्यक छ : नेता पौडेल


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इञ्चार्ज देवेन्द्र पौडेलले पछिल्लो समय देशमा सामाजिक सद्भाव खलल पुर्‍याउने प्रयास गरिएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) पोखरा महानगर समितिले विजया दशमी, तिहारलगायत विभिन्न पर्वहरूका अवसरमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अहिलेको व्यवस्था ल्याउनका लागि सहकार्य गरेका दलहरूबीच पुनः नयाँ प्रकारको सहकार्य आवश्यक भएको बताए ।

Advertisement
ADVERTISEMENT

नेता पौडेलले भने, ‘अहिलेको व्यवस्था र प्रणालीलाई उल्टाउनका लागि केही तत्वले विभिन्न प्रकारले चलखेल गरेको र समाजलाई भड्काउँदै सामाजिक सद्भावमा खलल पुर्याउने प्रयास गरेको महसुस गरेका छौँ । त्यसका विरुद्ध अहिलेको प्रणालीका लागि सँगै लडेका शक्तिहरूबीच नयाँ प्रकारको सहकार्यको आवश्यकता छ ।’

समाजलाई भड्काउन खोज्नेका विरुद्ध एकताबद्ध भएर मात्र गणतन्त्र, सङ्घीयता र अहिलेको प्रणालीको रक्षा गर्न सकिने नेता पौडेलले बताए । प्रतिनिधिसभाका सांसदसमेत रहेका उनले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिए । देशको अबको बाटो भनेको सुशासनसहितको समृद्धि र सामाजिक न्याय समितिको समाजवादी कार्यक्रम रहेको उनले उल्लेख गरे ।

शेयर गर्नुहोस:

108
Shares