मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
राजनीति-समाज   

जिबिएनसीको आयोजनामा ‘दसैँतिहार धमाका-२०८०’ हुँदै

जिबिएनसीको आयोजनामा ‘दसैँतिहार धमाका-२०८०’ हुँदै

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बोस्टन । अमेरिकाको बोस्टन सहरमा रहेको मूलवासी नेपालीहरु आबद्ध संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी)को आयोजनामा ‘दसैँतिहार धमाका-२०८०’ कार्यक्रम हुने भएको छ।

नेपालीहरुको महान् चाड बडादसैँ र तिहारको अवसर पारेर आयोजना गरिएको कार्यक्रम यही आउदो अक्टोबर २१ तारिख शनिबार साँझ क्याम्ब्रिज सिटीको 400 Cardinal Medeiros Avenue, Cambridge मा हुँदैछ। कार्यक्रम आयोजक संस्था जिबिएनसीले कार्यक्रमको अन्तिम तयारीमा जुटिरहेको जनाएको छ।

नेपालीहरुको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, नेपालीपन र नेपाली पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने, शुभकामना आदानप्रदान गर्दै आपसमा भाइचाराको सम्बन्धलाई गाढा बनाउने र सांगीतिक माहोलमा रमाउँदै महान् चाड हर्षोल्लासका साथ मनाउने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष संदीप भट्टराईले जानकारी दिए।

जिबिएनसीले उच्च प्राथमिकता दिएर आयोजना गरेको उक्त विशेष कार्यक्रम नेपाली समुदायका निम्ति अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष भट्टराईले कार्यक्रममा सहभागी भइदिन सम्पूर्ण मूलवासी नेपालीहरुलाई अनुरोधसमेत गरेका छन्।

सबैलाई चुल्है निम्तो दिँदै उनले भने, ‘यो संस्था र समुदायका लागि अत्यन्त महत्त्वपूर्ण कार्यक्रम हो। त्यसैले, सपरिवार कार्यक्रममा सहभागी भइदिनुहुन संस्थाको तर्फबाट चुल्है निम्तो दिन चाहन्छु।’ धार्मिक, सांस्कृतिक, परम्परा, रीतिरिवाज, पहिचान तथा मनोरञ्जनका दृष्टिकोणले महत्त्वपूर्ण रहेको कार्यक्रममा सहभागिता जनाउने अवसरबाट नचुक्न उनले सबैलाई अनुरोध गरेका छन्।

संस्थाका महासचिव सोनाम शेर्पाले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनले भने, ‘हामी अहिले कार्यक्रमको तयारीमा जुटिरहेका छौँ।’ महासचिव शेर्पाका अनुसार दसैँतिहार धमाका २०८० कार्यक्रमको पहिलो चरणमा संस्थाका क्रियाकलापहरुलाई सफल बनाउन र संस्थाको गरिमा बढाउन अमूल्य साथ, सहयोग र योगदान पुर्‍या का व्यक्तित्वहरु र कलाकारहरुलाई सम्मान गर्ने कार्यतालिका रहेको छ भने दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम रहेको छ। जसमा स्थानीय चर्चित कलाकारहरुले आफ्नो सांगीतिक कोसेलीहरु प्रस्तुत गर्ने छन्।

सांस्कृतिक कार्यक्रममा यस पटक जादू र हास्यव्यङ्ग्य विधालाई पनि समेटिएको छ। डिजेको बेजोड प्रस्तुतिले मनोरञ्जनात्मक बन्ने उक्त कार्यक्रममा, नेपालीपन, पहिचान र स्वादका विभिन्न स्वादिष्ट परिकारहरुको पनि व्यवस्था गरिने महासचिव शेर्पाले जानकारी दिए। उनले कार्यक्रम सफल बनाउन आवश्यक साथ सहयोगका लागि संस्थाको तर्फबाट सबैलाई अनुरोध गर्दै नेपाली चाड पर्वहरुको शुभकामनासमेत व्यक्त गरेका छन्।

आयोजकका अनुसार उक्त कार्यक्रममा सहभागिता जनाउनका लागि आफ्नो सिट अग्रिम सुरक्षित गर्नेले सहयोग शुल्कबापत प्रतिटिकट ३० डलर र कार्यक्रम स्थलको प्रवेश द्वारमा टिकट किन्नेले ४० डलर तिर्नुपर्ने छ। १० वर्षमुनिका बालबालिकाहरुलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरेको छ।

जिबिएनसीले हरेक वर्ष नेपालीहरुको महान् चाड बडादसैँ र तिहारको अवसर पारेर दसैँतिहार विशेष कार्यक्रम गर्दै आइरहेको छ। जसलाई संस्थाको गरिमा र पहिचान सम्झेर प्राथमिकताका साथ यस वर्ष पनि निरन्तरता दिन लागेको छ।