मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरूरी : पूर्वप्रधानमन्त्री खनाल

युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरूरी : पूर्वप्रधानमन्त्री खनाल

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरूरी रहेको बताएका छन् ।

उनले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास गर्नुपर्नेमा जोड दिए ।

पार्टीको समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका नेता खनालले आज समाजवादी प्रेस सङ्गठन नेपाल, रुपन्देही शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकमा रोजगारी वृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनका साथै तिनलाई केन्द्रमा राखेर पार्टीले जागरण अभियान चलाइरहेको बताए ।

यस अभियानले समाजवादतर्फ जान मद्दत गर्ने उल्लेख गर्दै उनले समाजवादी व्यवस्थासहितको नयाँ ध्रुवीकरणको आवश्यकता पनि औँल्याए ।

“समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिस्ट एक हुनुपर्ने हुन्छ”, नेता खनालले भने “यसका लागि नयाँ ध्रुवीकरण जरूरी छ ।”