मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सरकार परिवर्तनको सम्भावना छैन : अध्यक्ष नेपाल

सरकार परिवर्तनको सम्भावना छैन : अध्यक्ष नेपाल

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । समाजवादी जागरण अभियानअन्तर्गत शुक्रबार आयोजित कार्यक्रममा उनले प्रतिगमनकारीको योजनाबाट देशलाई बचाउन गठबन्धनको सरकार चल्नुपर्ने जिकिर गरे ।

उनले भने, “सरकारले गरेका राम्रो कामको समर्थन र नराम्रो कामलाई सच्याउँदै अघि बढ्नुपर्छ ।” जनतामा निराशा बढ्दै गएको समयमा सरकार परिवर्तनले थप असर पर्ने उनको भनाइ थियो ।

जनताको आधारभूत आवश्यकता पूरा गर्दै उनीहरूका समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले सकारात्मक सोच राखेर जनताको निराशालाई चिर्नुपर्ने बताए । उनले भने, “अहिलेकै नेतृत्वबाट देश बनाउन सकिन्छ भन्ने आँट र साहस राखेर अघि बढ्नुपर्छ ।” समृद्धिका लागि सोच र दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले जनताको आवश्यकताको विषयलाई सशक्तरूपमा छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धि रक्षाका लागि नेकपा (एस) अघि आएको बताउँदै अध्यक्ष नेपालले जनताको आशा र भरोसा टुट्न नदिने बताए । कार्यक्रममा उपाध्यक्ष प्रमेश हमालले वर्गीय समाजवादलाई बलियो बनाउनका लागि समाजवादी चिन्तन अघि बढाउनुपर्ने बताए । उनले भने, “समाजवादी क्रान्ति ल्याउनका लागि समाजवादी चिन्तन आवश्यक छ ।”

महासचिव घनश्याम भुसालले देशमा मुख्य सङ्कट भनेको गरिबी र रोजगारीको रहेको बताउँदै यस्ता सङ्कट समाधान गर्न सबैको सहयोग आवश्यक हुने उल्लेख गरे । कार्यक्रममा नेकपा (एस)का नेता झलनाथ खनाल, रामकुमारी झाँक्रीलगायतको सहभागिता थियो । नेकपा समाजवादीले शुक्रबार राप्ती नगरपालिकाको भण्डारा बजारमा अभियानै क्रममा कोणसभासमेत सम्पन्न गरेको छ ।