मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य / कला   

प्रकाशलाल श्रेष्ठको ‘भित्र कतै दुखेपछि’ लोकार्पित

प्रकाशलाल श्रेष्ठको ‘भित्र कतै दुखेपछि’ लोकार्पित

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँद्वारा आयोजित एक कार्यक्रमका बिच साहित्यकार प्रकाशलाल श्रेष्ठको मुक्तकसङ्ग्रह ‘भित्र कतै दुखेपछि’को लोकार्पण भएको छ । साहित्यकार एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले उक्त मुक्तकसङ्ग्रहको लोकार्पण गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि खरेलले कृतिकार श्रेष्ठको प्रशंसा गर्दै आगामी दिनमा मुक्तकका अन्य सङ्ग्रहहरू पनि प्रकाशन गर्न सल्लाह दिए ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा लोकार्पण कार्यक्रमका सभापति रामकाजी कोनेले प्रतिष्ठानले सङ्ग्रह प्रकाशन गर्न पाएकामा खुसी व्यक्त गरे भने कृतिकार श्रेष्ठले आफ्ना सहपाठी मित्र रामकाजी कोनेकै मुक्तकसङ्ग्रह पढेर आफू मुक्तक लेखनमा आकर्षित भएको बताए ।

प्रतिष्ठानका सदस्य ई. विष्णुबहादुर सिंहले स्वागत मन्तव्य र कार्यक्रममाथि प्रकाश पारेकाे सो समारोहमा लोकार्पित कृति र कृतिकारका बारेमा प्रा. डा. लक्ष्मणप्रसाद गौतम, ज्ञानुवाकर पौडेल, रुद्र ज्ञवाली, वसन्तलाल श्रेष्ठ, यादव भट्टराईलगायतले चर्चा गरेका थिए ।

रूपन्देहीको भैरहवामा बसोबास गर्दै आएका लेखकका यसअघि गीति एल्बम र कवितासङ्ग्रह प्रकाशित छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सो कार्यक्रमको दोस्रो चरणमा नेपाल मुक्तक प्रतिष्ठानद्वारा नियमितरूपमा आयोजना गर्दै आइएको मुक्तक मेलाको २७ औँ शृङ्खला पनि सम्पन्न भयो । सो मुक्तक मेलामा २५ जना मुक्तककारहरूले आफ्ना मुक्तक वाचन गरे ।

कार्यक्रमका प्रमुख अतिथि यादव खरेलद्वारा आफ्नो मुक्तक वाचन गरेर मुक्तक मेलाको २७ औँ शृङ्खला आरम्भ गरिएको थियो ।

सो मेलामा रामकाजी कोने, ज्ञानुवाकर पौडेल, दिव्य गिरी, रुद्र ज्ञवाली, किशोर पहाडी, यादव भट्टराई, प्रकाशलाल श्रेष्ठ, जसध्वज गुरुङ, विष्णुबहादुर सिंह, अनुराधा ढकाल, पार्वती भट्ट, निर्मलरमण पराजुली, विजयध्वज थापा, मदनराज थापा, शान्तिनारायण श्रेष्ठ, उषा के सी, सुनील अधिकारी, ममता मृदुल, मीना चौलागाईं, दुर्गा किरण तिवारी, प्रकाश घायल, शान्ति शर्मा, उदास कार्की, श्यामकृष्ण मास्केले तीन तीनवटा मुक्तक वाचन गरेका थिए ।