मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

विपी कोइराला बहुआयामिक व्यक्तित्व : नेता डा रिजाल

विपी कोइराला बहुआयामिक व्यक्तित्व : नेता डा रिजाल

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मीनेन्द्र रिजालले विपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताएका छन् ।

आइतबार ११०औँ विपी जयन्तीका अवसरमा बैतडीको पाटनमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेबसाइट उद्घाटन कार्यक्रममा उनले विपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको बताएका हुन् ।

बिपी राष्ट्रिय, अन्तर्राष्ट्रिय तहको नेता र राजनीतिक विचारक मात्रै नभएर साहित्यकार पनि थिए । डा रिजालले भने, “विपी बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँका विचार हामी सबैका लागि अनुकरणीय छन् । उहाँले देखाएको मार्गमा हामी सबै हिँड्नुपर्छ ।”

प्रशिक्षण कार्यक्रममा डा रिजालले विपी राष्ट्रिय विभूतिका रुपमा नभई नेपालको आधुनिक इतिहासलाई परिभाषित गर्ने पात्रका रुपमा रहेका बताए । उनले भने, “विपी नेपालको स्वतन्त्रतालाई मुखरित गर्ने क्रान्तिकारी, सबैभन्दा अप्ठ्यारो कठिन दिनमा पनि आत्मविश्वासलाई नगुमाएर निरन्तर सङ्घर्ष गर्ने र सङ्घर्ष गर्दा केका लागि गरेको छु भन्ने नबिर्सीकन काम गर्न सक्ने नेता रहनुभएको थियो । उहाँको विचारलाई सधैँ अनुसरण गर्नुपर्दछ ।”

कांग्रेस देशमा सबैभन्दा ठूलो दल भए पनि सेन्स हराएजस्तो भएको बताए । उनले भने, “सेन्स अफ डिरेक्सन हराएको जस्तै कांग्रेस भएको छ । डिरेक्सनको खोजी गर्नुपर्छ । विपी कोइरालाले कस्तो कांग्रेस बनाउन खोज्नुभएको थियो । त्यो सोच्नुपर्छ ।”

नेपाल तरुण दल बैतडीले विपी जयन्तीको अवसर पारेर आयोजना गरेको प्रशिक्षण तथा वेबसाइट उद्घाटन कार्यक्रममा डा रिजालसँगै पूर्वराज्यमन्त्री नरबहादुर चन्द, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, नेपाल विद्यार्थी सङ्घका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाई, नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति वीरबहादुर विष्ट लगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेताकार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थामा आबद्ध रहेकाहरुको उपस्थिति रहेको थियो । तरुण दललाई डिजिटल मोडेलमा अगाडि बढाउनका लागि वेबसाइट सञ्चालन र प्रशिक्षणको आयोजना गरिएको तरुण दल बैतडीका कार्यवाहक सभापति महेशदत्त भट्टले बताए । रासस