मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सरकार घेराबन्दीमा पर्ला तर फाइल खोल्न छाडिन्न : मन्त्री गुरूङ

सरकार घेराबन्दीमा पर्ला तर फाइल खोल्न छाडिन्न : मन्त्री गुरूङ


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

वालिङ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले सुशासन कायम गर्ने सन्दर्भमा पछाडि नहट्ने दाबी गरेका छन्।

नेपाली कांग्रेस स्याङ्जाले आइतबार स्याङ्जा सदरमुकाममा बिपी कोइरालाको १ सय १०औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘बिपी विचार गोष्ठी’ कार्यक्रममा उनले सुशासन कायम गराउने सन्दर्भमा कसैलाई पनि छाड्न हुन्न भन्ने पक्षमा आफू रहेको बताए।

Advertisement
ADVERTISEMENT

‘सुशासन कायम गर्ने क्रममा ठूला फाइलहरू खोल्दा सरकारलाई घेराबन्दी हुन पनि सक्छ,’ उनले भने, ‘सुशासन कायम हुन्छ भने सरकार ढलेर केही फरक पर्दैन।’

कुनै पनि पार्टीको मुख नहेरी जोसुकै भए पनि भ्रष्टाचारीहरूलाई कानुनी कारबाहीमा ल्याउनैपर्छ भन्ने पक्षमा आफू सदैव उभिने उनको दाबी थियो। ‘भोलि सरकार रहला नरहला, म पदमा रहुँला नरहुँला त्यसले केही फरक पार्दैन,’ उनले भने, ‘तर भ्रष्टाचारी भनेको भ्रष्टाचारी नै हो जो सुकै भए पनि कानुनी दायरामा ल्याउनै पर्छ भन्ने पक्षको अडानमा म रहन्छु।’

कांग्रेसका केन्द्रीय उपसभापतिसमेत रहेका मन्त्री गुरूङले बिपीले देखाएको मार्गदर्शनमा हिँड्न सके ठीक र हिँड्न नसक्नेहरू गलत हुने बताए ।

शेयर गर्नुहोस:

135
Shares