मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

बिपीको सिद्धान्त भुल्नहुँदैन : अध्यक्ष वाग्ले

बिपीको सिद्धान्त भुल्नहुँदैन : अध्यक्ष वाग्ले

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताएका छन्।

११०औँ बिपी जयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाज तनहुँले शनिबार दमौलीमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले बिपी कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने उल्लेख गरे।

बिपी विचार समाज आदर्श पुरुष भएको बताउँदै वाग्लेले बिपीको नाम बेचेर पार्टीलाई धराशायी बनाउने काम भएकामा चिन्ता व्यक्त गरे। उनले गुट र उपगुटले गर्दा पार्टी कमजोर भएकाले पार्टीलाई बलियो बनाउनेतर्फ समाजले भूमिका खेल्ने बताए ।

उनले भने, ‘बिपीवादको अनुसरण गर्दै अगाडि बढ्दा पार्टी बलियो हुन्छ, उनले देखाएको बाटोमा सधैँ हिँड्नुपर्छ ।’ वाग्लेले पार्टीलाई विचार दिनका लागि प्रजातान्त्रिक विचार समाजले सहयोग गर्ने बताए ।

प्रजातान्त्रिक विचार समाज तनहुँका अध्यक्ष ब्रम्हदत्त तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारी लगायतले बिपीको योगदानको चर्चा गरे ।