मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   
मुख्य समाचार   

द्धौत्य सम्बन्ध सुरुभएको ७५ औं बर्ष पुगेको खुसीयाली आयोजित ५ दिने कार्यक्रम सम्पन्न

द्धौत्य सम्बन्ध सुरुभएको ७५ औं बर्ष पुगेको खुसीयाली आयोजित ५ दिने कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- नेपाल र अमेरीका बिच द्धौत्य सम्बन्ध सुरुभएको ७५ औं बर्ष पुगेको खुसीयाली मनाउन आयोजित ५ दिने कार्यक्रम कोलोराडोमा मंगलबार सम्पन भएको छ ।
कोलोराडोका गभर्नर जेडर पोलीस र अमेरीकाको लगी नेपालका राजदुत श्रीधर खत्रीबाट पानसमा बत्ती बालेर संयुक्त्त रूपमा शुरू गरिएको कार्यक्रम मंगलबार राजदुताबासको कन्सुलर सेवा शिवीर सकिए संगै सम्पन्न भएको हो ।

सेक्टम्बर २ देखी ५ तारिक सम्म संचालित कन्सुलर सेवा सिविरमा ४ सय ७८ जनाले प्रत्यक्ष सेवा पाएको दुताबासका नियोग उपप्रमुख कुमार खरेलले बताएका छन् । राजदुत श्रीधर खत्रीको नेतृत्वमा दुतावासबाट ५ सदस्सिय टेली कोलोराडो आएकोमा राजदुत खत्री र आर्थिक सल्लाहकार होमकान्त भण्डारी उद्घाटन सत्र र फोरम सकेर फर्किएको र दुताबासका ३ कर्मचारी तथा भोलेन्टियरहरूको सहयोगमा शिविर सम्पन्न भएको उपप्रमुख खरेलले बताएका छन ।

कन्सुलर सेवा शिविरे सेवा लिन New Mexico, Utah, Kansas, Oklahoma, California, Washington, South Dakota, Illinois, Indiana, Massachusetts, Taxes लगायतका स्टेटहरूबाट नेपालीहरू कोलोराडो आएका नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।

त्यसैगरी चार दिन सम्म संचालित शिविरमा ६० जना बढि भोलेन्टियरहरू अहोरात्र खटेर कार्यक्रम सम्पन्न पार्न मद्दत गरेको एनआरएन कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष आर सी पन्तले बताएका छन् । यसैगरी शिविरमा Big Daddy Pizza, Sherpa kitchen, Spice India, Yak & Yeti, Sherpa Chai, Durbar लगायतका Restaurant बाट भोलेन्टियरहरूलाइ निशुल्क खाना तथा चिया उपलब्ध गराइएको पन्तले बताएका छन् ।

हेल्पिङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठको नेतृत्व तथा कोलोराडोमा नेपाली तथा नेपाली भाषी समुदाय बिच कृयाशिल डेढ दर्जन भन्दा बढि संघ संस्थाहररू र नेपाली सोसाइटी टेक्सासको आयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा उपस्थित बिभिन्न बक्ताहरूले नेपाल र अमेरीका बिच द्धौत्य सम्बन्ध बारे आ‒आफ्नो धारणा राखेका थिए । उनीहरूले नेपाल र अमेरीका बिच गहीरो सांस्कृतीक, आर्थिक, सामाजिक, सैक्षिक, धार्मिक, संचार लगायतका बिभिन्न पारस्परिक सम्बन्ध रहेको भन्दै यो सम्बन्ध अगामी दिनमा अझ प्रगाड हुदैजाने बिश्वास ब्यक्त्त गरेका थिए ।

लङमन्ट स्थित बोल्डर काउन्टि फेयर ग्राउन्डमा सेक्टेम्बर १ र २ तारिक उद्घाटन सत्र, बिभिन्न चार फोरम र राजु लामाको लाइभ कन्सर्ट सम्पन्न भएको थियो । त्यसैगरी वेष्टमिनिष्टर स्थित Drury Inn and Suites होटलमा सेक्टेम्बर २ देखी ५ तारिक सम्म कन्सुलर सेवा शिविर संचालन भएको थियो ।