मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सामाजिक सद्भाव कायम राख्न नेपाली कांग्रेसको अपिल

सामाजिक सद्भाव कायम राख्न नेपाली कांग्रेसको अपिल

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । केही दिनयता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति सत्तारुढ दल नेपाली कांग्रेसले चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक र राजनीतिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गरेको छ ।

“परापूर्वकालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको मात्रै होइनौँ, राष्ट्र निर्माण र विकासका लागि हातेमाले गर्दै आएका छौँ”, कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको अपिलमा भनिएको छ, “नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याइ आ-आफ्नो धर्म-संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्नु हुँदैन । साथै कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्‍याउन पनि उचित हुँदैन ।”

नेपालीको भावना र चाहनाविपरीत धार्मिक तथा सांस्कृतिक सद्भाव भड्काउने गतिविधि कसैका लागि पनि हितकारी नहुने नेपाली कांग्रेसको ठहर छ ।

सामाजिक सद्भाव भड्किँदा निम्तिन सक्ने परिस्थितिको बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय तथा सम्प्रदायलाई सचेत हुन पनि कांग्रेसले आग्रह गरेको छ ।

अहिले देखिएको धार्मिक अस्थिरताको संवेदनशीलतालाई मध्यनजर गरी सबै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक सङ्घसंस्था एवं समाजका अग्रज व्यक्ति एक ठाउँमा उभिएर सामाजिक सद्भाव कायम गर्ने कार्यमा जुट्नसमेत कांग्रेसले अपिल गरेको छ ।