मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   
मुख्य समाचार   

नेपाली संस्थाहरुलाई सहयोगार्थ आयोजित फण्ड राइजिंग डिनर बाट १ लाख २२ हजार संकलन कार्यक्रममा गर्भनर जेडर पोलिस सहभागी

नेपाली संस्थाहरुलाई सहयोगार्थ आयोजित फण्ड राइजिंग डिनर बाट १ लाख २२ हजार संकलन कार्यक्रममा गर्भनर जेडर पोलिस सहभागी

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडोमा सकृय नेपाली संस्था हेल्पीङ हेण्ड हेल्थ एजुकेशनले नेपाली सांस्कृतिक केन्द्रलाई समेत आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले गत अगस्त ६ मा आयोजना गरिएको डिनर कार्यक्रममा १ लाख २२ हजार ४ सय २७ डलर संकलन भएको छ ।

हेल्पीङ हेण्ड हेल्थ एजुकेशनको संयोजन तथा यहां सकृय संघ संस्था, समाजसेवी, बुद्धिजिवी, ब्यवसायी सबैको सकृयतामा बोल्डर शहरमा सम्पन्न डिनर कार्यक्रममा उक्त रकम संकलन गरिएको हो ।

कार्यक्रममा कोलोराडोका गर्भनर जेडर पोलिस, स्थानिय बोल्डर, ब्रुमफिल र वेष्टमिनिष्टरका मेयर, हेल्पीङ हेण्ड हेल्थ एजुकेशनलाई निरन्तर सहयोग गरिरहने स्थानीय समाजसेवी दाताहरु, हेल्पीङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, समाजसेवी तथा All State Insurance का सुनील पाठक, कोलोराडोका सबै स्थानीय संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधि , बुद्धिजिवी, समाजसेवी, ब्यवसायी, कलाकार, पत्रकार तथा बा आमा दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा गर्भनर लगाएत सम्पूर्ण उपस्थित महानुभावहरु समक्ष नेपाली घरको ईतिहास र बर्तमान अवस्थाको बारेमा समाजसेवी नविन दत्तले स्लाईड सो मार्फत जानाकारी गराएका थिए । त्यसैगरी हेल्पीङ हेण्ड हेल्थ एजुकेशनको बारेमा संस्थाका अध्यक्ष नारायण श्रेष्ठले जानाकारी गराएका थिए । सो कार्यक्रममा संकलित रकमबाट खर्च कटाएर बाक़ी रहेको रक़मको ५० प्रतिशत ४५ हजार १ सय ७७ डलर ३४ सेन्ट रक़म नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ प्राप्त भएको जानकारी नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले गराएका छन् ।

कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनु भएका सबै संघ संस्थाका पदाधिकारी, बुद्धीजिवी, समाजसेवी, दाता तथा कार्यक्रममा उपस्थित भएर शोभा बढाई दिएकोमा गभर्नर जेडर पोलिस स्थानीय मेयर लगायत उपस्थित सबैलाई अध्यक्ष ढकालले हार्दिक धन्यवाद दिएका छन् ।