मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पार्टीमा परम्परागत कार्यशैली बदल्नुपर्छ : महामन्त्री थापा

पार्टीमा परम्परागत कार्यशैली बदल्नुपर्छ : महामन्त्री थापा

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिक्कल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताएका छन् ।

इलामको फिक्कलमा शुक्रबार आयोजित पार्टीको ‘पुनः जागरण उत्साह र एकता नेपाली कांग्रेसमा आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै जाने तर्क गरे ।

विधानले निर्णय गर्ने पूर्णअधिकार सभापतिलाई दिएकाले आफूहरु नेतृत्वमा भएर पनि झट्टै बदल्न नसकिएको उनको भनाइ छ । “सभापतिको परम्परागत तरिका सहेर बस्दैनौँ । सङ्घर्ष गर्छौं, पार्टी बदलेरै छाड्छौँ”, महामन्त्री थापाले भने, “कांग्रेस बदलिए मात्र देशमा परिवर्तन आउन सक्छ ।”

पार्टी सत्ता र राज्य सत्ताको नेतृत्वमा पटकपटक एउटै मान्छे पुगे पनि कुनै रुपान्तरण नभएकाले अब कांग्रेस नयाँ तरिकाका साथ जाग्नुपर्ने उनको तर्क छ । “स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ । आज सबैभन्दा ठूलो राजनीतिक दल हामी हौँ ।”

उनले भने, “तर जनताका समस्या सम्बोधन हुन सकेका छैनन् । यही तरिकाले ८४ को आम चुनावमा ठूलो पराजयको सिकार बन्न सक्ने अवस्थालाई आज नसोचे कहिले सोच्ने ?”

आउँदो चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने थापाको भनाइ छ । एकल बहुमत ल्याउन आजकै मितिबाट पार्टीलाई नयाँ ढङ्गमा बदलेर लैजान जरुरी भएको उनले बताए ।