मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सरकारको कामलाई हेरेर राम्रोलाई राम्रो भन्ने संस्कार देखिएन : प्रधानमन्त्री

सरकारको कामलाई हेरेर राम्रोलाई राम्रो भन्ने संस्कार देखिएन : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनका काममा अघि बढेको र पछिल्लो समयमा यसका परिणाम पनि सार्वजनिक भइरहेका भन्दै तर सरकारका यी कामलाई हेरेर राम्रोलाई राम्रो भन्ने संस्कार नदेखिएको बताएका छन् ।

मंगलबार सरकारी निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले सुन पक्राउ प्रकरण सरकारको सुशासनको प्रतिबद्धताको पछिल्लो उदाहरण भएको बताए ।

प्रधानमन्त्री दाहालले भने, “त्यतिका धेरै सुनलाई तस्करले विमानस्थलबाट बाहिर ल्याएर लाने क्रममा सरकारले पक्राउ गर्‍यो, कैयौँ मानिस पक्राउ परेका छन् र अनुसन्धान भइरहेको छ, यस्तो अवस्थामा पनि प्रमुख प्रतिपक्षले सरकारलाई धन्यवाद दिनुको सट्टा झन संसद् अवरुद्ध गरेको छ, यसरी संसद् रोकिएको छ कि मानौँ सरकारले सुन पक्राउ गरेर कुनै गल्ती पो गरेको हो कि ?”

प्रधानमन्त्री दाहालले नेकपा (एमाले)ले केही दिनयतादेखि संसद् अवरुद्ध गरेको प्रसङ्ग उल्लेख गर्दै सरकारले एकपछि अर्को गरी भ्रष्टाचारका काण्ड सार्वजनिक गरी सुशासनको प्रत्याभूति दिनेगरी काम गरिरहेको स्पष्ट रहे पनि त्यसलाई अनदेखाजस्तो गरेर उल्टै जनताका आवाज मुखरित हुने ठाउँ संसद् नै अवरुद्ध गर्नु जायज नभएको बताए ।

नेपालमा सुन एकातिरबाट आउने अर्को देशमा जाने गरेको अहिले आएर थाहा भएको र त्यस्तो सूचना थाहा भएपछि आफ्नै मातहतको एकजना सहसचिव खटाएर सो सुनको पिछा गरेरै पक्राउ गर्न लगाइएको उनले जानकारी दिए ।

अहिले जारी रहेको अनुसन्धानबाट पनि सरकारले यो अवैध कारोबार केवल विमानस्थलको प्रहरी र भन्सारको मात्र नभएर ठूलाबडाहरू र कतिपय विदेशी नागरिककै संलग्नता देखिएको खुलेकाले यसलाई अनुसन्धान गरी निष्कर्षमा पुर्‍याएर दोषीमाथि कारबाही गर्न कडाइका साथ लाग्न प्रहरी तथा प्रशासनलाई भनिएको पनि प्रधानमन्त्री दाहालले स्पष्ट गरे ।

उनले सुन प्रकरणजस्तै यसअघिका विभिन्न प्रकरणमा पनि दोषीलाई नछोडी निस्फिक्री अनुसन्धान गर्न प्रहरीलाई भनिएको पनि जानकारी दिए ।

माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराको नाम पनि यस प्रकरणमा जोडिएको एक प्रश्नमा उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो प्रतिवेदनमा नाम समावेश गरेको विषयमा सोधिएको र यस विषयमा प्रहरीले एकाध दिनमै त्यसलाई स्पष्ट गर्ने बताएको भन्दै दोषी देखिए कसैलाई पनि नछोड्न भनिएको बताए ।

प्रहरीले आफ्नो सक्दो प्रयासबाट अनुुसन्धान गरिरहेको र यसमा अपराधीको देश हुँदैन भनेजस्तै विभिन्न देशका नागरिक नै यसमा संलग्न भएको देखिएकाले यसको अनुसन्धान गर्न सबैले सहयोग गर्नुुपर्ने उनले आह्वान गरे ।