मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ : कांग्रेस

सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ : कांग्रेस

हिमालय खबर

शेयर गर्नुहोस:

27
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि अनुसन्धान र छानबिनको दायराभित्र ल्याई कानुनी कारबाही गर्नुपर्ने जनाएको छ ।

कांग्रेसले हालै अवैध ढङ्गले पैठारी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद गरिएको ६० किलो ६७८ ग्राम सुन प्रकरण सम्बन्धमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले यस्ता घटना विगतमा पनि भएको र पटकपटक घटित हुने यस्ता घटनाले थप चिन्तित बनाएको उल्लेख गर्दै त्यस्ता गैरकानुनी कार्य निस्तेज एवं पूर्णरूपले नियन्त्रण हुनु पर्ने माग गरेको छ ।

बैठकले यस्ता कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान, छानविनको दायराभित्र ल्याई कानूनी कारवाही गर्नुपर्ने निर्णय गर्दै यस्ता कार्यका लागि अनुसन्धान, छानविन र अभियोजन गर्ने प्रयोजनका लागि नै गठित भएको केन्द्रीय अनुसन्धान ब्यूरोलगायत सरकारी निकायहरूले छानविन अनुसन्धान गरिरहेको जनाएको छ ।

बैठकले नेपाल सरकारलाई यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले लामो समयदेखि सदन अवरुद्ध भएका कारण एकातर्फ जनताका सरोकारका विषय सदनमा उठ्न नसकेको र अर्कोतर्फ सदनमा विचाराधीन महत्त्वपूर्ण विधेयक कानुन बन्न नसकेको उल्लेख गरेको छ ।

बैठकले सत्तारूढ दलहरूसँगै प्रमुख प्रतिपक्षीलगायत अन्य सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद् सुचारु गर्न पहल गर्ने निर्णय गरेको उनले बताए ।

कांग्रेसले संसद्मा विचाराधीन सबै विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्न सरकार र संसद्मा क्रियाशील सबै दललाई अपिल गरेको छ । यसैगरी बैठकले चालु आर्थिक वर्षको बजेटमा देखा परेको कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्ने आवश्यक व्यवस्था मिलाउन, पूँजीगत खर्च कम हुने अवस्थालाई उचित ढङ्गले सम्बोधन गर्न र बजेटलाई प्रभावकारीरूपले कार्यान्वयन गर्न सरकारलाई अनुरोध गरेको छ ।

बैठकले सरकारमा सहभागी दलहरूको गठबन्धन कांग्रेसको पहल, प्रयत्न र सहयोगमा बनेको जनाउँदै सोहीअनुसार वर्तमान सरकारले निरन्तरता पाएको र राष्ट्रको सर्वोत्तम हितका लागि राजनीतिक स्थिरता आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारीरूपमा काम गर्न आवश्यक रहको जनाउँदै बैठकले गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारीरूपले काम गर्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले बताए । बैठकले नागरिकको जीविकासँग सम्बन्धित र प्रत्यक्ष सरोकारका विषयमा सरकारले यथेष्ठ ध्यान दिन जरुरी रहेको जनाएको छ ।