मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
एनआरएन विशेष   
टेक्सस   

एनआरएनका सबै सदस्यले भोट दिन पाउनुपर्ने पक्षमा महासचिव जोशी

एनआरएनका सबै सदस्यले भोट दिन पाउनुपर्ने पक्षमा महासचिव जोशी

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समितिका महासचिव गौरीराज जोशीले संस्थाका सबै पञ्जीकृत सदस्यहरुले चुनावमा भोट दिन पाउनुपर्ने पक्षमा अभिमत जाहेर गरेका छन् ।

‘सन् २०१५ देखिनै म निरन्तर रुपमा एनआरएनका सबै सदस्यहरुले चुनावमा भोट दिन पाउनुपर्छ भन्ने पक्षमा रहँदै आएको छु । यो माग क्रमशः पुरा हुँदै गइरहेको पनि छ’ जोशीले आइतबार अमेरिकाको ड्यालसमा आयोजित एक कार्यक्रममा भने–‘अब आउँदो सन् २०२५ को चुनावमा एनआरएनएका सबै पञ्जीकृत सदस्यहरुले अनलाइन मार्फत जहाँ छ त्यहीँबाट भोट दिन पाउने व्यबस्थाका लागि म अघि बढ्दैछु ।’

एनआरएन टेक्सस च्याप्टरको पदस्थापना समारोहमा प्रमुख अतिथिका रुपमा जोशीले सन् २०२३/२५ का लागि आफुले महासचिवका लागि उम्मेदारी दिने निर्णय गरेको घोषणा पनि गरे । ‘म अहिले एक हिसाबले टिके महासचिव छु, अब तपाईहरु सबैको विश्वास, मायाँ र सद्भाव लिएर निर्वाचित महासचिव हुने चाहना लिएर अघि बढेको छु’ जोशीले भने ।

एनआरएनएको महाधिवेशन र चुनावमा सबै सदस्यहरुले प्रत्यक्ष सहभागिता जनाउन र मत दिन पाउँदैनन् । प्रतिनिधिहरु छनौट गरेर उनीहरुले मात्र महाधिवेशनमा सहभागी हुन र भोट दिन पाउँछन् । डेलिगेट्स प्रणालीले विकृती ल्याएको, सदस्यको अनुपातमा डेलिगेट्सको संख्या वैज्ञानिक र व्यबहारिक नभएको भन्दै निकै आलोचना हुँदै आएको छ । ‘ढुक्क हुनुहोस् म महासचिव भएपछि तपाईहरु सबैले भोट दिन पाउनुहुनेछ’ उनले भने ।

कार्यक्रममा एनआरएनएका सल्लाहकार हरिबोल भण्डारीले जोशीको समर्थन गर्दै महासचिवमा निर्वाचित गर्नका लागि आव्हान गरे । ‘जोशी अहिले महासचिव हुँदै अध्यक्ष हुने ल्याकतको व्यक्ति हुनुहुन्छ । नेपाली समाज टेक्सस जस्तो प्रवासको ठूलो नेपाली समुदायको नेतृत्व गर्ने संस्थाको अध्यक्ष भएदेखि जोशीले देखाएको सही ट्«याक रेकर्डले गर्दा नेतृत्वका लागि उहाँ योग्य व्यक्ति रहेको पुष्टी भएको समेत भण्डारीले उल्लेख गरे ।

कार्यक्रममा आइसिसीका सचिव प्रविण गुरुङ्गले एकै पदमा अमेरिकाबाट जुधेर चुनावमा उम्मेदवार नहुन सुझाव दिए । आफू उपमहासचिवको उम्मेदवार भएको उल्लेख गर्दै गुरुङ्गले सहयोगका लागि अनुरोध समेत गरे ।

कार्यक्रममा पदभार ग्रहण गर्दै टेक्सस च्याप्टर अध्यक्ष दिपेन्द्र गुरागाईले आफ्नो कार्यकालमा गुणस्तरीय कामहरु गरेर सदस्यहरुको विश्वास जित्ने तर्फ केन्द्रित हुने प्रतिवद्धता जनाए ।

पदभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष सोफिन थापाले आफ्नो कार्यकालमा जे जति कामहरु भए सदस्यहरुको माग अनुसारका कार्यक्रमहरु भएका र त्यसले टेक्सस च्याप्टरलाई अग्रणी च्याप्टरको पहिचान दिन सफल भएको उल्लेख गरे ।

कार्यक्रममा एनआरएनए अमेरिका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष नेत्र पाण्डे, महासचिव रामहरि अधिकारी, कोषाध्यक्ष सरोज सिग्देल, सहकोषाध्यक्ष दिवाकर पाण्डे, आइसिसी सदस्य पदम ठकुराठी, जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका सभापति ज्ञानेन्द्र कार्की, प्रवासी मञ्च टेक्सस च्याप्टरका अध्यक्ष लक्ष्मण घिमिरे, एनआरएन अमेरिकाका पूर्ब कोषाध्यक्ष राजीव श्रेष्ठ, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेजाका क्षेत्रीय संयोजक शंकर थापा लगायतले शूभकामना दिएका दिए ।

दुई साता अघि भएको एनआरएन अमेरिकाको चुनावमा नयाँ पदाधिकारीहरु चयन भएका छन् । संबन्धित च्याप्टरहरुको स्थानीय राज्यस्तरमै कार्यक्रम गरेर पदभार ग्रहण गर्ने नीति अनुसार टेक्ससमा आइतबार कार्यक्रम भएको हो ।

कार्यक्रममा वरिष्ठ उवाध्यक्ष उप्रेतीले टेक्सस च्याप्टरका अध्यक्ष गुरागाई लगायत कार्यसमितिका पदाधिकारीहरुलाई शपथ गराएका थिए ।