मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले

सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौैँ । नेकपा (एमाले)ले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगतमा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी प्रकरणले दातृ निकाय र राष्ट्रहरूको विश्वासमा कमी आइ मुलुकमा आर्थिक सङ्कट बढ्न सक्ने र यसबाट व्यवसायीहरू समेत हतास हुनसक्ने उल्लेख छ ।

‘सुन तस्करी प्रकरण जस्ता विषयलाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि आवश्यक कदम चाल्नुपर्नेमा सरकार ढाकछोप गर्न लागेको हो कि भन्नेमा आशङ्का बढेको छ,’ एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘कडा सुरक्षाबीच विमानस्थलबाट यति ठूलो परिमाणमा बारम्बार सुन तस्करी हुनु राजनीतिक र प्रशासनिक संरक्षण भएको अनुमान गर्न सकिन्छ ।’

Advertisement
ADVERTISEMENT

यही साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको कम्पाउण्डबाहिर राजस्व अनुसन्धान विभागद्वारा बरामद गरिएको करीब एक सय किलो सुनबारे न्यायिक छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ ।

अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत उच्च पदस्थ प्रशासनिक र सुरक्षा अधिकारीहरूले एकैसाथ बिदा लिनु, अध्यागमन र भन्सारका गतिविधिको नियमित अनुगमन गर्न मिल्ने गरी अर्थ र गृह मन्त्रालयमा जोडिएका क्लोज सर्किट क्यामराहरू नचल्ने बनाइनु, एक्सरे र मेटल डिटेक्टरबाट शङ्कास्पद लागेर पटक–पटक पुनःपरीक्षणको सङ्केत गर्दा पनि पुनःपरीक्षण नगरिनु तथा घटनाबाहिर आउनासाथ विषयान्तर गर्ने प्रयास हुनुलाई एमालेले शङ्कास्पद रूपमा हेरेको एमाले अध्यक्ष ओलीले बताएका छन् ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, प्रचार विभागका प्रमुख राजेन्द्र गौतमलगायत सहभागी थिए । रासस

शेयर गर्नुहोस:

54
Shares