मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
राजनीति-समाज   

द्वन्द्वपीडितलाई चित्त बुझाएर मात्र शान्ति प्रक्रिया : अध्यक्ष ओली

द्वन्द्वपीडितलाई चित्त बुझाएर मात्र शान्ति प्रक्रिया : अध्यक्ष ओली

tero buddi

शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई चित्त बुझाएरमात्र शान्ति प्रक्रिया पूरा गर्नुपर्ने बताएका छन् ।

गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रले आयोजना गरेको ‘द्वन्द्वपीडितलाई सङ्क्रमणकालीन न्याय कहिले र समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्गचित्र’ विषयक अन्तर्क्रियामा उनले द्वन्द्वपीडितलाई चित्त बुझेको कुरामा कानुन बनाएर शान्तिप्रक्रियालाई टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

Advertisement

उनले द्वन्द्वपीडितलाई दबाएर शान्ति प्रक्रिया निष्कर्ष नपुग्ने बताए । उनले द्वन्द्वपीडितमाथि अन्याय गरेर समस्याको समाधान नहुने भन्दै दमन, अन्याय र थिचोमिचो गरेर शान्ति प्रक्रिया सम्पन्न हुन नसक्ने भनाइ राखे । “मैले न्याय पाएँ भनेर द्वन्द्वपीडितले भन्नुपर्‍यो,” उनले भने, “द्वन्द्वपीडितमाथि अन्याय गरेर समस्याको समाधान हुँदैन ।”

अध्यक्ष ओलीले अब फेरि द्वन्द्व नहोस् भन्नका लागि द्वन्द्वपीडितको समस्यालाई सम्बोधन गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्नेमा सबैको ध्यान जान जरुरी रहेको भनाइ राखे ।

उनले करकाप र दबाबबाट मेलमिलाप हुन नसक्ने बताए । “स्वेच्छाले मेलमिलाप गर्न पाउनुपर्दछ । स्वेच्छाले मेलमिलाप गर्ने वातावरण बनाउनुपर्दछ,” उनले भने, “पीडितलाई राहत र न्याय दिनुपर्दछ । अहिलेसम्म कोही मारिँदा तत्काल क्षतिपूर्ति भएको छ । कोही मारिँदा भएको छैन ।”

शान्ति प्रक्रिया पीडितलाई चित्त बुझ्ने, पीडितले न्याय पाउने खालको, सर्वोच्च अदालतको फैसला अनुकूल र अन्तर्राष्ट्रिय समुदायलाई चित्त बुझ्नेगरी हुनुपर्नेमा जोड दिँदै उनले भने, “कि हामी आफैँ समाधान गरौँ, हाम्रो समस्या । पहिले हाम्रो कानुन, हाम्रो अदालत, हाम्रो संविधान र हाम्रो सरकार, हाम्रो समुदाय सक्षम छ भन्ने कुरा प्रमाणित गर्नका लागि सरकारले त्यसअनुसार चल्नुपर्दछ । त्यसका निम्ति सिफारिस समिति निष्पक्ष बनाउनुपर्‍यो ।”

उनले सत्य निरुपण तथा मेलमिलाप आयोग निष्पक्ष न्याय दिन नसकेको भन्दै आयोग निष्पक्ष न्यायाधीश, मानवअधिकारीकर्मी राखेर बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले शान्ति भएमात्र विकास हुने भन्दै बिनाशान्ति विकास सम्भव नुहने बताए । उनले विकासका लागि शान्ति पूर्वसर्त रहेको भन्दै शान्तिको तर्फ र द्वन्द्वका घाउ कसरी मेटाउन सकिन्छ भन्नेतर्फ सबैको प्रयास हुनुपर्नेमा बताए ।

शेयर गर्नुहोस:

27
Shares