मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सांसदहरूले संसद् अवरोध खोल्न सहयोग गर्नुपर्छ : सभामुख घिमिरे

सांसदहरूले संसद् अवरोध खोल्न सहयोग गर्नुपर्छ : सभामुख घिमिरे

हिमालय खबर

शेयर गर्नुहोस:

108
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा अवरोध हटाउन सांसदहरूलाई आह्वान गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उनले संसद् अवरोध कानुन निर्माणका लागि बाधक भएको भन्दै अवरोध खोल्न सबै सांसद्को सहयोगका लागि आह्वान गरेका हुन् ।

“केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौँ विधेयकमाथि छलफल भएको छैन । परिणाम दिने गरी नियम कानुन बनाउन सकिरहेका छैनौँ”, सभामुख घिमिरेले भने, “सांसदहरूले संसद् अवरोध खोल्न आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।”

अघिल्लो संसद्मा पनि संसद् विघटन, पुनःस्थापना र निर्वाचनका कारण जनमुखी कानुन निर्माणमा पर्याप्त छलफल हुन नसकेको स्मरण गराउँदै संसद् अवरोधको परिस्थितिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सभामुख घिमिरेले मानवअधिकार आयोगको स्तर घटुवाजस्ता गम्भीर विषयमा संसदमा पर्याप्त छलफल हुन नसकेको बताए ।

“मानवअधिकार आयोगको स्तर घटुवाजस्ता गम्भीर विषयमा जसरी संसदमा छलफल गर्नुपर्ने हो, त्यो हुन सकेको छैन”, उनले भने “मानवअधिकार आयोगको स्तर घटुवाको विषयले मलाई गम्भीर बनाएको छ । यस विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने देखेको छु । संसदमा पनि यथाशक्य यस विषयमा छलफल हुनुपर्छ ।”