मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

सांसद् शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

सांसद् शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नक्कली शैक्षिक प्रमाणपत्र प्रकारणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । न्यायाधीश दण्डपाणी शर्माको शुक्रबारको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शर्मालाई शुक्रबार सरकारी वकिलको कार्यालयमार्फत अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो । सांसद् शर्मालाई सिआइबीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो ।

सोही प्रकरणमा पक्राउ परेका अन्य दुई जनालाई सात दिन र बाँकी तीन जनालाई पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

शर्मा प्रतिनिधिसभा सदस्य भएकाले थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतको ठहर छ । सीआईबीले पक्राउ परेकाविरुद्ध लिखत कीर्ते कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।